देश–समाज सुरक्षा

सशस्त्र प्रहरी संख्या थपेर सिमानाकामा कडाइ

झगेन्द्र खड्का

गाैरीगंज/नेपाल भारत सिमानाकामा थप सतर्कता अपनाई निगारानी बढाउन सशस्त्र प्रहरीकाे संख्या थप गरिएकाे छ।सिमानाकाकाे अनुगमन तथा नरिक्षण गर्न खटिएका सशस्त्र प्रहरीले २४ सै घण्टा सिमानाकामा सुरक्षा गरिरहेकाका छन।काेराेना भाइरसकाे संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरि सबै नागरिकलाई घरैमा बस्न निर्देशन दिएकाे छ।

हाल सम्म भारत लगायत अन्य देशबाट नेपाल प्रबेश गरेका नागरिकहरुलाई काेराेना संक्रमण बढी देखिएकाले सिमानाकामा निगारानी बढाउन जरुरी देखिएकाे छ।सिमानाकामा कडाइ गरि आवागमनलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीकाे संख्या थप गरिएकाे छ।

झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा भारत संग सिमा जाेडिएकाे गाैरीगंज गाउँपालिका भित्र रहेका २ वटा सशस्त्र प्रहरी बेस क्याम्पमा सुरक्षाकर्मी थप गरिएकाे छ।नेपाल भारतकाे दक्षिणी सीमा नाका खुल्ला रहेकाले जुनसुकै समयमा भारतीय भुमिबाट नेपाल तर्फ प्रबेश गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी गंभिरताका साथ खटिरहेका छन।

लकडाउनकाे समयमा हुन सक्ने आवगमनलाई कडाईकासाथ राेक्न र उच्च सतर्कता अपनाउन यस क्षेत्रमा सुरक्षाकर्मी थप गरिएकाे हाे।गाैरीगंज गाउँपालिका भित्र गौरीगंज र कुन्जीबारीमा २ वटा सशस्त्र प्रहरी बल बेस क्याम्प रहेका छन।

दुबै क्याम्पमा जम्मा २२ जना सशस्त्र प्रहरी वलका सुरक्षाकर्मी थप गरिएसंगै गौरीगंज गाउँपालिका क्षेत्रमा जम्मा ६५ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिने छन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे सशस्त्र प्रहरी सुरक्षा बल बेस क्याम्पमा १५ जना सुरक्षाकर्मी थप भएपछि यहाँ ३७ जना र वार्ड नं. १ काे कुञ्जिवारी सशस्त्र प्रहरी वलमा ७ जना थप भएपछि त्यहाँ जम्मा २८ जना सशस्त्र प्रहरी खटिने छन् ।

गाैरीगंज गाउँपालिकाकाे करिब २० किलाेमिटर खुल्ला सिमा नाकामा २४ सै घण्टा निगरानी तथा उच्च सतर्कता अपनाएकाे सशस्त्र सिमा सुरक्षा बल गाैरीगंजका प्रहरी निरीक्षक साईमान श्रेष्ठले जानकारी गराए।नेपाल भारतको दक्षिणी क्षेत्रमा दशगजाले मात्र सीमा छुट्याएको हुँदा छिटफुट रुपमा वा बैकल्पिक बाटाे प्रयोग गरि हुन सक्ने आवगमनलाई नियन्त्रण गर्न थप कडाईँ गर्न आवश्यक रहेकाे सशस्त्र प्रहरी प्रमुख श्रेष्ठले बताए।

सिमानाकामा आवागमनलाई नियन्त्रण गर्न प्रहरी खटिए पनि छुटफुट रुपमा हुने आवागमनलाई राेक्न नागरिकले पनि सहयाेग गर्नु पर्ने भन्दै सुरक्षा निकाय हरदम चनाखाे रहेकाे प्रहरी निरक्षक श्रेष्ठले बताए।जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता महेन्द्र श्रेष्ठले जिल्लाकाे खुल्ला सीमा नाकाहरूमा २९ वटा युनिट रहेकाे र सबै युनिटमा सशस्त्र प्रहरीकाे संख्या थप गरि प्रहरी परिचालन गरिएकाे बताए ।

Author

You may also like