समाचार

गाैरादहमा वितरण गरिएकाे राहत विपन्न र मजदुरले नपाएकाे गुनासाे – (पूर्वसन्देश दैनिक)

झगेन्द्र खड्का
चैत २१ । गौरादह । गौरादह नगरपालिका वडा नं -७ काे पुरानाे ग्वालडुब्बाका बिपन्न घर परिवारका सदस्यहरुले आफुले राहात नपाएकाे गुनासाे गरेका छन् ।
गरिब तथा बिपन्न परिवारलाई स्थानीय सरकारले  बितरण गरेकाे राहत प्रभावकारी नभएकाे ती विपन्न तथा मजदुरहरूले बताएका छन् ।
गौरादह नगरपालिकाले वडाकार्यलयलाई खाद्यान्न बितरणका लागि गरिब तथा बिपन्न घर परिवारकाे लगत संकलन गरि नगरपालिकामा पेस गर्न जानकारी गराएकाे थियाे।
वडाकार्यलयले टाेल बिकास समिति मार्फत नामावली संकलन गरि नगरपालिकामा बुझाएकाे थियाे।स्थानीय सरकारले बिपन्न परिवारलाई राहातकाे कार्यक्रम ल्याएपनि टाेल बिकास समितिले दैनिक जनमन गरि छाक टार्नेहरुकाे नाम छुटाएकाे मजदुरहरुले गुनासाे गरेका छन्।
टाेल बिकास समितिले आफू निकटका जन मजदुरकाे मात्र नाम सिफारिस गर्दा अन्य मजदुर स्थानीय सरकारले बितरण गरेकाे राहातबाट बन्चित भएकाे वडा नं -७ का अमिन राजवंशी बताउँछन्।नगरपालिकाले जनमजदुर गर्नेहरुकाे नाम पढाउनु भनेपनि सबै मजदुरकाे नाम सिफारिस नगर्नु टाेल बिकास समितिकाे कमजोरी रहेकाे पुरानाे ग्वालडुब्बाका अर्का मजदुर जाेगेस माक्रा बताउछन्।
पुरानाे ग्वालडुब्बामा आदिवासी समुदायहरु रहेकाे टाेलमा अधिकांस जनमजदुर गर्नेहरुकाे बसाेबास रहेकाे छ।टाेल बिकास समितिले भने पुरानाे ग्वालडुब्बाबाट ५० घर परिवारकाे नाम पठाएर अन्य मजदुरकाे नाम छुटाएकाे मजदुरहरुले गुनासाे गरेका छन्।
जनमजदुर गरेर परिवार पालिरहेका नागरिकहरु काेहि राहत पाउने र काेहि नपउनेमा स्थानीय सरकारले राहत बितरणमा विभेद गरेकाे पुरानाे ग्वालडुब्बाका गठिया राजवंशी बताउछन्।
काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारले लकडाउन गरि घरमा बस्न निर्देशन दिएपछि दैनिक ज्यालादारीमा जानमन गरि छाक टार्ने मजदुरहरु समस्यामा परेका छन्।
गौरादह नगरपालिकाले नगरपालिका भित्र बिहान बेलुका छाक टार्न समस्या भएका गरिब दुखिहरुकाे लगत संकलन गरि खाद्यान्न सामग्री बितरण गरिरहेकाे छ।
पुरानाे ग्वालडुब्बा टाेल बिकास भित्र जनमजदुर गर्नेहरुकाे संख्या बढी रहेकाले यश पटक ५० घर परिवारलाई बितरण गरिएकाे र बाँकी घर परिवारलाई प्रदेश सरकारबाट आएकाे खाद्यान्न सामग्री बितरण गरिने पुरानाे ग्वालडुब्बा टाेल बिकास समिति अध्यक्ष साेभाध्वज सिंह माक्रा बताउँछन्।
वडा नं -७ भित्र बसाेबास गर्ने नागरिकहरुले भाेकै बस्नु नपर्नु वडाध्यक्ष बलराम खरेल बताउँछन्।जनमजदुर गर्ने नागरिकहरुलाई छक टार्न समस्या भएमा वडाकार्यलयमा जानकारी गर्न आग्रह गरे।
लकडाउनकाे समय अबधिभर बिहान बेलुका छाक टार्न समस्या हुने जनमजदुरकाे घर परिवारलाई वडाकाे बजेटबाट खाद्यान्न सामग्रीको ब्यबस्थापन गर्ने जानकारी गराए।गरिब, बिपन्न तथा जनमजदुर गर्ने नगरवासिहरुलाई स्थानीय सरकारले खाद्यान्न बितरण गरेपनि नामावली सिफारिसमा टाेल बिकास समितिले सुस्म अध्यान नगरी नाम पठाउदा समस्या आएकाे अनुगमन गरिरहेका गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह बताउँछन्।

Author

You may also like