युवती मृत अवस्थामा फेला

चैत्र २० गते । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी अाज मृत अवस्थामा फेला परेकी छन् ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ निवासी शेर्पा बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज बिहान पौने १२ बजे उक्त भिर मुनी मृत फेला परेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.