समाचार

जुनार सर्किएर मृत्यु

भोजपुर/ भोजपुरको षडानन्द नगरपालिका–१२ सुनखानीमा जुनार खाँदा सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा स्थानीय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका–१२ दाइजोर बस्ने वर्ष ५० को मानबहादुर घिसिङको जुनारको रस सर्किएर मृत्यु भएको हो । घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्त हुन साथ प्रहरी टोलीले घटनास्थल पुगेको थियो ।

You may also like