समाचार

राष्ट्रपतिद्वारा सातवटै प्रदेशका प्रदेश प्रमुखहरू खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी छन्।
कात्तिक १७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भइ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ख अनुसार सबैलाई पदमुक्त गरिएको हो।

०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रमुखमा नियुक्त गरेको थियो।

Author

You may also like