काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेद्धवारी दिने तयारीमा जुटेको बताउनुभयो।
नेकपाको चियापानको अवसरमा आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताउनु भएको हो ।
उहाँले आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने जनाउनुभयो। उहाँले भन्नुभयो ,‘पार्टीको आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु । कार्यकर्ताको पनि यही माग छ । म ब्याक हुँदैन् ।’ त्यस्तै उहाँले कृष्णबहादुर महराको राजीनामापछि रिक्त रहेको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभयो । त्यस्तै, उहाँले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासन कायम गरे आफ्नो पार्टीले पनि सहकार्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,‘हामी मिलेर नै अघि बढ्छौं ।’