पत्रपत्रिका

‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ९आईटीयू० ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ ।

‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौं,’ डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भने,‘तर सरकारले १२३।३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्रविधिक रुपम उपयुक्त हुन्न । यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोध गरेका छौं ।’
(विजय तिमिल्सिना)
कान्तिपुर दैनिकबाट साभार

You may also like