देश–समाज पत्रपत्रिका

बिरामीलाइ दमककाे आम्दा अस्पताल पुग्नै कठिन

पवन निराैला

दमक/ दमककाे पूर्वपश्चिम राजमागर्गबाट उत्तर तर्फकाे करिब १.५ किलोमिटर दुरीमा रहेको दमक–२ स्थित खरखरे आम्दा अस्पताल जाने बाटो विगत करिब १ वर्षदेखि कछुवाको गतिमा निर्माणाधिन अवस्थामा रहेकाे छ ।

करिब १ वर्षअघिदेखि निर्माण सुरू गरिएकाे उक्त सडक निर्माण सम्पन्न गर्न निर्माण पक्षले खासै चासाे नदिँदा ड्रेन तथा बाटो खनेर माटो, गिट्टी बालुवा थुपारिएकोले वर्षायाममा पानी परेर सडक हिलाम्मे अवस्था रहेकाे हुँदा यातायात अावागमन र बिरामीहरूलाइ अस्पताल पुर्याउन कठिनाइ भएकाे हाे ।

खरखरे आम्दा अस्पताल जाने बाटो
खरखरे आम्दा अस्पताल जाने बाटो विगत करिब १ वर्षदेखि कछुवाको गतिमा निर्माणाधिन अवस्थामा रहेकाे छ ।

महिला प्रसुतीका लागि प्रमुख मानिने आम्दा अस्पतालमा टाढा–टाढाबाट आउने बिरामीहरुले बाटोका कारण मामा चौकबाट घुमेर अस्पताल पुग्ने गरेको एम्बुलेन्स चालकहरूले बताएका छन् ।

बिरामी अस्पताल पु¥याएर फर्किएका दमक–२ का सिटी चालक लोकेश खतिवडाले भने–‘क्याम्पसमाेड बाट अाम्दा अस्पतालसम्म बिरामी पुर्याउन धेरै हैरानी ब्यहाेर्नुपर्याे ।

बाटाेमा गिट्टी बालुवा थुपारेर खाल्डाखुल्डी हुँदा बिरामीलाइ सिटीमा राखेर अस्पताल पुर्याउन धेरै नै गार्हाे हुन्छ ।’

सडक निर्माण गर्ने काम सुख्खायाममा नभएर सधै जसो वर्षायाममा सुरु गर्नु तथा सडक निर्माण सुरु गरेर लामो समय लगाइदिनाले त्यसको प्रत्यक्ष असर सडकमा ओहोरदोहोर गर्ने यात्रुलाई परेको छ ।

सो सडकका विषयमा दमक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटासँग कुरा गर्दा त्यसमा आफूले ध्यान दिएको र निर्माण कार्य चाँडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।

You may also like