देश–समाज

ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते

कपिलबस्तु, मुर्ति विर्सजन गर्न गएको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते गुलाम अली कपिलबस्तु, असोज २२ जिल्लामा मुर्ति विर्सजन गर्न गएको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

बुद्धभुमिको इमिलियामा दुर्गा मुर्ति विसर्जन गरेर फर्किने क्रममा गेलवारमा लु २ त १६५८ न को ट्याक्टर अनियन्त्रित भै पल्टिदा उक्त दुर्घटना भएको छ । ट्याक्टरमा स्थानिय युवा, बालवालिका गरि ५० बढी सवार रहेका थिए । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ

। गम्भीर घाइतेको मर्सिटिज अस्पतालमा उपचार भैरहेको छ । भने ६ जनाको अवस्था मध्यम रहेको छ उनिहरुलाई साझा अस्पताल बुटवलमा रिफर गरिएको छ । अन्य १३ जना सामान्य घाइतेको बुद्द पोलिक्लिनिक गोरुसिङेमा उपचार भैरहेको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

Author

You may also like