काठमाडौँ, बलिउडका महानायक अमिताभ बच्चनले आज शुक्रबार आफ्नो ७७ औं जन्मदिन मनाउँदैछन् ।
चार वटा राष्ट्रिय पुरस्कार जितीसकेका उनी सन् १९४२ मा तात्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद प्रयागराजमा जन्मिएका थिए ।
अमिताभ बच्चन भारतका हिन्दी साहित्यका चर्चित कवि हरिवंश राय बच्चनका छोरा हुन् । एकदिन आफ्ना पितालाई अमिताभले रिसाउँदै सोधे, ‘तपाईले मलाई किन जन्माएको उनको यस प्रश्नमा उनका पिताले उनलाई तत्काल कुनै जवाफ दिएनन् । छोराको प्रश्नबाट केही हैरान भएका हरिवंशले त्यसको जवाफमा अमिताभलाई एउटा कविता लेखेर दिए ।
‘जीन्दगीको संघर्षबाट डराएको मेरो छोरोले मलाई सोध्यो मलाई किन जन्माएको तर मसँग यो बाहेक यसको कुनै जवाफ छैन कि मलाई पनि मेरा बाबुले मलाई नसोधीकिन जन्माएका थिए ।मेरो बाबुलाई पनि उनको बाबुले उनलाई पनि नसोधि नै जन्माए र उनका बाबुले पनि उनलाई जीन्दगी र दुनियाँमा संघर्ष पहिला पनि थियो