देश–समाज

प्रदेशको भूमि व्यवस्था

भक्तपुर , प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुपेन्देहीको गैडहवा गाउँपालिकालाई ससर्त बजेट अन्तर्गत १५ लाख रुपैयाँ उपलब्ध गराएको छ  । गाउँपालिकाले ३ लाख रुपैयाँ थप्यो ।

माछा र कुखुरा उत्पादनका लागि वडा नंं ६ सूर्यपूरा अग्रणी रहेको भन्दै बिक्रीस्थल निर्माण गर्ने सहमति गाउँपालिकाले नै गर्‍यो । स्थानीय विष्णु तिवारीको अध्यक्षतामा टहरो निर्माण उपभोक्ता समिति बन्यो ।


उपभोक्ता समितिले अर्का नीराजन घिमिरेलाई ठेक्कामा दियो । उनले तयार गरेको टहरो सामान्य छ । त्यसमा बढीमा ६ लाख रुपैयाँ खर्च भएको स्थानीयको अनुमान छ । तर प्रदेश सरकारबाट १२ लाख १० हजार र गाउँपालिकाबाट ३ लाख गरी १५ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ  ।कान्तिपुर दैनिक बाट साभार

Author

You may also like