एजेन्सी, इराकमा सरकार विरोधी प्रदर्शनकारीहरूसँगको झडपमा कम्तिमा दुई प्रदर्शनकारी मारिएका छन् । बेरोजगारी र सरकारले आधारभूत सेवाहरू प्रदान गर्न नसकेको विरोध गर्न हजारौंले बगदादको सडकमा उत्रेर प्रदर्शन गरेका थिए ।
बगदादमा भएको मुख्य विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूलाई तितरबित पार्न रबरको गोली, अश्रु ग्यास र पानीको तोप प्रयोग भएको थियो । यस हिंसामा परी एक प्रदर्शनकारी मारिनुको साथै २ सय अन्य घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ। घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षा अधिकारी रहेका बताइएको छ ।
आन्दोलनकारीहरू, धेरै जसो विश्वविद्यालयका विद्यार्थीहरू सरकारले व्यापक भ्रष्टाचार र आधारभूत सेवाहरू प्रदान गर्न र रोजगारी सिर्जना गर्न असफल भएको कारण विरोध प्रदर्शन गरेका थिए ।