अन्तर्राष्ट्रिय

राष्ट्रपति सीद्वारा सशस्त्र सेनाको समीक्षा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी जिनपिले जनवादी गणतन्त्र चीनको ७० औं स्थापना वार्षिकोत्सव मनाउन राष्ट्रिय दिवसको पहिलो दिन बेइजिङको मुटुमा सशस्त्र सेनाको समीक्षा गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले मंगलबार बिहान सशस्त्र सेनाको समीक्षाको सुरुमा चीनको कम्युनिष्ट पार्टी (सीपीसी), राष्ट्र र जनमुक्ति सेनाको झण्डालाई सम्मान गर्नुभयो । सुरुमा लिममा उभिएर बिस्तारै सीपीसी, राष्ट्र र पीपुल्स लिबरेशन आर्मी (पीएलए) का टियानानमेन स्क्वायरमा झन्डा फहराउँदै शीले सलामको रूपमा झण्डालाई ध्यान दिएर हेर्नुभयो ।

 

चीनले मंगलवार संसारको सबभन्दा शक्तिशाली मानिने क्षेप्यास्त्र डीएफ–४१ प्रक्षेपण गरेको थियो । चीनमा कम्युनिस्ट शासनको ७०औं वर्षगाँठको अवसरमा आयोजित सैन्य परेडमा यसलाई पेश गरिएको हो । त्यसै कार्यक्रममा नयाँ अन्य सैन्य उपकरण पनि पेश गरिएको थियो ।

Author

You may also like