झगेन्द्र खडका
गौरीगंज/काेराेना भाइरस संक्रमणले नेपाल भारतकाे दस गजा क्षेत्र आसपासमा बसाेवास गर्ने दुबै देशका नागरिकहरुकाे सदियु देखि रहिआएको सम्बन्ध टुटाएकाे छ। काेराेना भाइरसकाे संक्रमण फैलन सक्ने आशंकामा नेपाल सरकारले सिमा सिल गरि आवतजावत बन्द गरेपछि भारतीय तर्फबाट पनि नेपाल प्रवेशमा राेक लगाउदा सम्बन्ध बिग्रिन गएकाे हाे।
भारतीय नागरिकहरु सिमावर्ती गाउँ नेपाल तर्फ प्रवेश गर्दा काेराेना भाइरसकाे संक्रमण फैलाउने आशंकामा नेपालका प्रहरी र स्थानीयबासिले दुख दिएकाे भन्दै भारतबाट नेपाल तर्फ कुनै सामान लगेमा ५ हजार रुपैयाँ जरिवाना सहित कार्यवाही गर्ने बिहार राज्य किसानगंज जिल्ला टेडागाछका उपप्रमुख तुलेस्वर सिंह गन्गाईकाे अगुवाइमा भारतीय नागरिकहरु सहितकाे भेलाले निर्णय गरेकाे छ।
भारतीयहरुको प्रत्येक घरमा गई नेपालका नागरिकलाई भारतबाट कुनै सामान लान नदिने र कसैले नेपालीलाई कुनै पनि सामान दिए ५ हजार जरिवाना सहित कार्यवाही गर्ने निर्णय गरिएको हो । उनीहरुहरुले केही दिन अघि फत्तेपुर सीमामा नारावाजी गर्दै नेपालीहरुलाई भारततर्फ छिर्न नदिने र कोही भारतीय नागरिक खाद्यान्न सामान नेपालीलाई दिए वा नेपाल तर्फ लगे जरिवाना सहित कारर्वाही गर्ने चेतावनी दिएको गौरीगंज गाउँपालिका वार्ड नं. ५ फत्तेपुर बस्ने सहदेव सिंह गन्गाईले जानकारी दिए।
सिमाले अलग देशका नागरिक भएपनि ब्यबहरले एकै देशका भएजस्तै भएर बसाेबास गरेका नागरिकहरुलाई काेराेनाले सिमा सिल मात्र हाेइन सम्बन्ध र ब्यबहर पनि सिल गरेकाे स्थानीय सत्रु सिंह गन्गाई बताउँछन्। झापाको गौरीगञ्ज–५ फत्तेपुरस्थित नेपाल भारत सीमा नजिक बसोबास गर्दै आएका नेपालीहरुको करिब ३ सय घर परिवारको बस्ती छ । त्यतिनै संख्यामा सीमापारी भारततर्फ भारतीय नागरिकको पनि बसोबास छ ।
अन्तरराष्ट्रिय सीमानाको नो म्यान्स ल्याण्डसंगै रहेको उक्त दुवै बस्ती सदियौं देखि त्यँहि बसाेबास गरेका छन्।काेराेना भाइरस संक्रमण फैलनु अगाडि त्यस क्षेत्रमा बसाेबास गर्ने दुबै देशका नागरिकहरु ऐचाे पैंचाे लेनदेन सराबरि गर्ने गर्दथिए। यतिमात्र हाेइन उनीहरू एउटै ट्वेलकाे पानी खाने गर्दथिए।उत्तरदेखि करिब १ किलोमिटर क्षेत्रमा दर्जन भन्दा बढी ट्वेलहरु दश गजा क्षेत्रकाे नो म्यान्स ल्याण्ड मै गाडिएका छन्।
लडडाउन अघि त्यही ट्वेलको पानीले दुवै देशका नागरिकले नुहाउने, लुगा धुने, पिउने लगायत घरायसी प्रयोजनमा प्रयोग गर्थे ।कोरोना भाइरसको संक्रमण्माले उनीहरुको बीचको सम्बन्ध भने पानी बाराबारको अवस्थामा पुर्याएको छ । एकले अर्कालाई ट्वेलको पानी लिन नआउनु भन्न पछि परेनन् भने त्यसक्षेत्रमा हिड्डुल समेत नगर्न भन्न थालेका छन् ।लकडाउन अघि दुवै देशका नागरिक बीचको सुमधुर सम्बन्धलाई लकडाउन पछि कोरोनाको संक्रमणले हेराइकाे दृष्टिकोणमा परिवर्तन ल्याएकाे छभने सम्बन्धलाई द्वन्दमा परिणत गरेको छ।
सदियौदेखि नेपाल तर्फका करिब ३ सय घर परिवार र भारत तर्फका पनि करिब उतिनै संख्याको परिवार यीनै ट्वेलका पानी पिउदै आएकाेमा कोरोना भाइरसकाे कारणले दुबै देशका नागरिकहरु बिचकाे सम्बन्धमा तुसाराे पात ल्याएकाे गौरीगंज गाउँपालिका वडा नं -५ फत्तेपुरका ११० बर्षिया उचितलाल गन्गाई बताउँछन्।धेरै लामाे समय देखि रहिआएकाे सुमधुर सम्बन्ध भाइरसकाे कारणले दुरि बढाई बाेलचाल नै बन्द हुदा नरमाइलो लागेकाे गन्गाईले बताए।