कालिकोट, कालिकोटमा डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ ।
मंगलबार बिहान खाडाँचक्र नगरपालिका–५ बिहानी खोलामा डोजर पल्टिदा सहचालक रहेका दैलेख ठाँटिकाध घर भएका भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
कर्णाली राजमार्ग खुलाउन जादाँ डोजर पल्टिदा उनको मृत्यु भएको र जिल्ला अस्पताल कालिकोटमा मृतकको पोष्टमार्टम भएको प्रहरीले जनाएको छ ।