विचित्र संसार

जन्मेपछि माउ खाने माकुरा

एजेन्सी, हरेक प्रजातिहरुले मानिसले जस्तै आफ्नो बच्चालाई माया गर्ने गर्छन् । मनुष्य जस्तैहरेक प्रजातिहरुको बच्चा जन्माउने प्रक्रिया लगभग उस्तै हुने गर्छ । बच्चा जन्मने समयभने प्रजाति अनुसार फरक हुने गर्दछ । यस्तै प्रजातिहरु मध्ये एक माकुरा पनि एक हो । जसले आफ्नो बच्चालाई सुरक्षित जन्म दिनुका साथै त्यसको आहारको पनि ध्यान राख्दछ ।

स्टेगोडाइफस माकुरो यस्तो प्रजाति मध्ये एक हो । जसले अत्यधिक मात्रामा बच्चा जन्माउने गर्छ । दुर्भाग्यवश जन्म दिएको माउलाई नै बच्चाहरुले जिउदै खाने गर्छन् । उक्त प्रजातिको माकुराहरु एशिया अफ्रीका र युरोपमा अत्यधिक मात्रामा पाइन्छ । दक्षिण अफ्रीकामा रहेको स्टेगोडाइफस डुमिकोला माकुराको बच्चाहरुले माउ खाने गर्छन् । यस प्रजातिको भाले माकुरा भन्दा पोथी माकुरालाई परिपक्क हुन समय लाग्ने हुँदा माउले जन्माएपछि पोथी माकुराको निकै राम्रो हेरचाह गर्छ ।

माउ मृत्युको नजिक हुँदा बच्चा माकुरोहरुको झुण्डले माउलाई बिस्तारै खाँदै जान्छ । उक्त प्रक्रियालाई मातृफी भन्ने गरिन्छ । यस प्रजातिहरुको अनौठो खालको प्रकृति रहेको छ । माकुराहरुको पनि आफ्नो प्रजाति अनुसार फरक फरक जीवनशैली हुन्छ । कतिपय माकुरा जन्मेको केहि समयपछि स्वतन्त्र रुपमा बाच्ने गर्छन् । त्यस मध्ये केवल ३ प्रतिशत माकुराको प्रजातिहरु संगोलमा बसेर काम गर्ने गर्छन् । त्यस प्रजाति मध्ये स्टेगोडाइफस डुमिकोला पनि एक हो । प्राणीशास्त्रीका अनुसार यो एक प्रकृतिको प्रक्रिया रहेको जनाएको छ ।

You may also like