विचित्र संसार

कपालले गर्छ करोडौको आम्दामी

भक्तपुर , भन्छन महिलाहरुको गहना हो कपाल । नारीहरु कपाललाई लिएर अत्याधिक गम्भीर हुने गर्छन् । महिलाको सुन्दरतामा कपालले निकै भूमिका खेल्ने गर्छ ।

आजकलको आधुनिक युगमा महिलाहरु पनि आफ्नो कपाललाई लिएर धेरै हेरविचार गर्ने गर्छन् । यस्तो पनि देश छ, जहाँ महिलाको कपाल पनि हुँदैन । अफ्रिकन देशहरु निकै पिछडिएको देश मानिन्छ ।

त्यँहाका मानिसहरुलाई अझै खान समेत मुस्किल छ । अत्याधिक गर्मीका कारण उक्त देशमा माहिलहरुले आफ्नो कपाल काट्छन् भने कतिपय महिलाहरुको कपाल नै हुँदैन ।विश्वको विभिन्न ठाउँबाट अफ्रिकन देशमा कपाल आयात हुने गर्छ ।

महिलाहरु आफुले कमाएको पैसाबाट धेरै पैसा कपाल किन्नेमा खर्च गर्छन । अफ्रिकन मुलुक व्यापारको हिसाबले सुख्खा मानिन्छ । तर, कपालको व्यापारले गर्दा वर्षमा करिब ६ अर्बको व्यापार हुन्छ ।

पश्चिमी मुलुकका महिलाहरु आफ्नो अनुहारलाई लिएर निकै खर्च गर्छन् तर अफ्रिकन महिलाहरु आफ्नो कपाललाई लिएर सो भन्दा बढी पैसा खर्च गर्छन् ।

अफ्रिकन मुलुकले भारत, चीन, दक्षिणी अमेरिका, मलेशियाबाट निकै मात्रामा कपालको आयात गर्छ । कपालको लम्बाईले मूल्य निर्धारण गर्छ । यस किसिमको व्यापारले अफ्रिकनहरुलाई निकै सहुलियतसँगै मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।

Author

You may also like