सुरक्षा

लागूऔषध सहित एक जना पक्राउ

कास्की, पोखरा महानगरपालिका -१४ चाउथे बस्ने धादिङ घर भएका २४ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You may also like