हेटौंडामा बसले ठक्कर दिदा पैदलयात्रीको ज्यान गयो

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्ती पुल नजिकै आज बिहान यात्रु बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन् ।

मृतकको सनाखत हु्न बाँकी छ । सिलगुढीबाट काठमाडौं आउँदै गरेको ना५ख ७९४२ नम्बरको यात्रुबसले पैदलयात्रीलाई आज बिहान ३ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.