शिक्षा

उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा अध्यक्ष भट्टराईको जोड

काठमाडौं, सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताउनु भएको छ । समाजवादी विद्यार्थी युनियनले हिजो आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उहाले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिनु भएको हो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बतबाउनु भएको हो । अध्यक्ष भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताउनु भयो।

Author

You may also like