देश–समाज

संविधानमाथि आक्रमण हुने खतरा रहेको काङ्ग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको टिप्पणी गर्न भएको छ। खोटाङको दिक्तेलमा मंगलबार आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।
हालसम्म काङ्ग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्दै महामन्त्री कोइरालाले अबका दिनमा काङ्ग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्ने बताउनु भयो।
यस्तै
काठमाडौं, मुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाउनु भयो। नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार धनगढीमा आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले यस्तो गम्भिर आरोप लगाउनु भएको हो।
यता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिनु भएको छ। उहाले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाउनु भयो।

You may also like