काठमाडौंः थ्री स्टार क्लबले आफ्नो वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । साधारण सभाबाट तीन वर्षे कार्यकालका लागि अरुण मान जोशीको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्बिरोध चयन गरेको छ । यस्तै क्लबले २ सदस्य पछि चयन गरिने जनाएको छ । क्लबको उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बिरेन्द्र लाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भएका छन् । यस्तै, महासचिवमा सन्जिब शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ बोस, सचिवमा कुल बहादुर महर्जन, निवास गोपाल वैद्य र सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ चयन भएका छन् ।
क्लबका सदस्यहरुमा क्रमशः राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी रहेका छन् । क्लबको निर्वतमान अध्यक्षमा ज्ञान बहादुर शाक्य रहेका छन् ।