देश–समाज

भ्यान र मोटरसाइकल ठोक्कीदा एक जनाको मृत्यु

धनुषाः धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ विरेन्द्र बजारमा आइतबार राति पिक अप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बसेका श्रवन कुमार शर्मा रहेको प्रहरीले जनाएको छ । बा २० च १३५० नम्बरको पिक अप भ्यानले स १० प २७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका शर्माको जानकी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा घाइते हुनेमा मोटरसाइकलका चालक अजय कुमार यादव र पछाडि बसेका सन्तोष कुमार यादव रहेका छन् ।घाइते दुवै जनाको जानकी अस्पतालमा उपचार भैरहेको छ ।

You may also like