खेल समाचार

हरकपुरमा भेट्रान फुटबल

पथरी, २९ जेठ / मोरङको पथरी शनिश्चरे ९ स्थित साहारा भेट्रान क्लबको आयोजनामा मंगलबार (आज) बाट कानेपोखरी ३ स्थित हरकपुरमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिताको पहिलो खेल पथरी र लेटाङ घुम्तीबीच र सोही दिन दोस्रो खेल किर्तिपुर र मंगलबारेबीच हुने क्लबका अध्यक्ष पूर्व खेलाडी भोजकुमार बस्नेत (काजी) ले जनाए । प्रत्येक दिन दुई खेल सञ्चालन गरिने छ । जिल्लाको पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ र बेलबारीका गरी १० टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल असार १ गते हुने भएको छ ।
प्रतियोगितामा विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार नगद सहितको पुरस्कार प्रदान गरिने छ ।

You may also like