खेल

प्रिमियर लिग भैरहवा ग्लाटियटर्स र काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा ग्लाटियटर्सले काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बिहान साढे ९ बजे सुरु हुने जनाइएको छ। तीन खेलमा एक जित निकालेको भैरहवा चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई खेलमा एक जित र एकमा हार ब्यहोरेको काठमाडौं तालिकाको पाँचौ स्थानमा छ।
यस्तै, आजै हुने अर्को विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। पोखरा तेस्रो जितको खोजीमा रहँदा विराटनगर पहिलो जितको खोजीमा रहेको छ।

Author

You may also like