खेल

साफ च्याम्पियनसिप नेपालको विजय सुरु

नेपालले साफ च्याम्पियनसिप-२०२१ मा विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै वियज सुरुवात गरेको हो।
खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बनेको थियो। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। जितसँगै नेपालले तीन अंक जोडेको छ।
प्रतियोगितामा बंगलादेशले पनि तीन अंक जोडेको छ। उसले शुक्रबार नै भएको खेलमा श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। दुई टोलीबीच साफमा अहिलेसम्म सातपटक भेट भइसकेको छ। जसमा माल्दिभ्सले पाँच खेलमा जित निकालेको छ भने दुई खेल बराबरीमा टुंगेको थियो।

Author

You may also like