भक्तपुर, सुर्यविनायक नगरपालिका- २ बालकोट हनुमन्ते किनारामा रहेको बिराटनगर महानगरपालिका -५ घर भई हाल बालकोटमा बस्ने ५० वर्षिय सरिता चौलागाईले संचालन गरेको मनकामना कपास उद्योगमा अचानक आगलागी भएको छ ।
आगलागीमा कपडा पेल्ने मेसिन २ थान, सोही मेसिनको मोटर २ थान, बा ५४ प ६१६८ नं.को मोटरसाईकल १ थान, बिभिन्न थरिका कपडा, कपास र सोही कपास उद्योगसंगै सटिएको CHAIN LINK ENGINEERING को टहरामा बस्ने कामदारहरुको लत्ता कपडा जली करिब छब्बीस लाखकोे क्षति भएको छ ।
आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका २ वटा दमकल, ललितपुरबाट १ वटा, काठमाण्डौबाट १ वटा गरी ४ वटा दमकल, पानी ट्याङकर र स्थानीय बासिन्दाहरुको सयुक्त प्रयासबाट आगो पुर्ण रुपमा नियन्त्रण भएको प्रहरीले जनाएको छ ।