एएफसी यू–१६ च्याम्पियन छनोटमा नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौँ, जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा ताजिकिस्तानले नेपाललाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७–० गोलले पराजित भएको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेल भोलि श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.