देश–समाज राष्ट्रिय समाचार स्थानीय

घटस्थापनाकै दिन बुढीगण्डकीको वितण्डा, ३५ घर बगायो

दमक । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पैयू र बगर गाउँका ३५ ओटा घर बगाएको छ। बाढीका कारण चुमनुब्रीका दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार वडा नम्बर ३ का बस्ती तथा बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। आइतबार बिहान करिब ४ः०० बजे एक्कासि नदीको बहाव बढेर बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीको जोखिम कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा पर्ने सिर्दिबासका साथै धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
हालसम्म बाढीका कारण मानवीय क्षति भएको विवरण प्राप्त नभएको र क्षतिको पूर्ण एवं विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

Author

You may also like