अर्थ देश–समाज समाचार स्थानीय

बाढी पहिरोले पहाडको दुध तराई ल्याउन कठिन : बजारमा घिउ र नौनीको अभाव

दमक/ बाढी पहिरोका कारण पहाडको दुध तराई ल्याउन कठिन भएपछि तराइका बजारहरुमा दुध र घ्युजन्य पदार्थ अभाव भएको छ । नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिँदै गर्दा बजारमा घिउ, नौनी (मक्खन) तथा धुलो दुध (पाउडर) को चरम अभाव देखिएको छ । चाडबाडको मौसम सुरु भएसँगै माग ह्वात्तै बढे पनि आपूर्ति सोही अनुसार हुँदा एक महिनाकै अवधिमा घिउको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसम्मले बढेको छ ।
चर्को मूल्य तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ता तथा मिठाइ व्यवसायीले बजारमा सहजै घिउ पाउन सकेका छैनन् । ब्यवसायीले घिउ महँगो मुल्यमा बेच्न कृतिम अभाव सृजना गरेको उपभोक्ताको गुनासो छ ।
पहाडमा दुध उत्पादन भइरहेको छ तर पहुँच नपुगेर खेर गइरहेको छ । हामी भने अहिले संखुवासभा र धनकुटातिर संकलन बढाउँदैछौँ ।’ यसबाहेक झापालगायतका क्षेत्रमा खुलेका छुर्पी उद्योगहरूले दैनिक ३० देखि ४० हजार लिटर दुध खपत गरिरहेकाले पनि डेरी उद्योगहरूमा घिउ बनाउने दुध र नौनीको अभाव भएको निजी उद्योगीहरूको भनाइ छ । कच्चा पदार्थको चरम अभावकै कारण कामधेनु सहकारीको धुलो दुध उत्पादन गर्ने पाउडर प्लान्ट नियमित चलाउन छोडेको छ । धुलो दुधको अभावले चाडबाडमा दही उत्पादनसमेत प्रभावित हुने जोखिम बढेको छ ।
आर्थिक वर्ष २०७९÷०८० को तथ्यांक अनुसार कोशी प्रदेशमा दुध दिने गाईको संख्या ५ लाख १० हजार ३२ र भैँसीको संख्या २ लाख ८७ हजार ९६८ छ । उक्त संख्याबाट कोशी प्रदेशको औपचारिक क्षेत्रमा दैनिक ५ लाख ७५ हजार ५०४ लिटर दुध उत्पादन हुन्छ । अनौपचारिक क्षेत्रमा गणना नभएको दुधसमेत जोड्दा थप ५ लाख लिटर उत्पादन हुने अनुमान छ ।
विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाहरूले प्रतिकेजी ७५० रुपैयाँमा नौनी बिक्री गर्दै आएका थिए भने उद्योगहरूका कोल्डस्टोरमा लाखौँ किलो घिउ मौज्दात रहने गथ्र्यो, तर अहिले बजारमा नौनीको भाउ बढाएर प्रतिकेजी ९५० देखि १ हजार रुपैयाँ र घिउको भाउ १२ सय ५० देखि १३ सय रुपैयाँसम्म पु¥याइएको छ ।
बजारमा देखिएको यो अभावबारे भने सरकारी निकाय र निजी डेरी उद्योगीका आ–आफ्नै तर्क छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दुध उत्पादनमै भारी गिरावट आएको दाबी गरेको छ । डीडीसी अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा हाल घिउ, नौनी र पाउडर दुधको मौज्दात रित्तिएको छ ।
विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्माले किसानस्तरमै दुध उत्पादन घटेका कारण यस्तो अवस्था आएको बताए । ‘घिउको त अहिले समस्या नै छ, बटर (मक्खन) अहिले छँदै छैन । अहिले जति माग आएको छ, हामीले कसैलाई फर्काएका त छैनौँ, तर भनेको अनुसार जति दिन सकिएको छैन । हामीसँग अब मक्खनको स्टक छैन,’ शर्माले भने, ‘पाउडर पनि छैन, पाउडर पनि सकियो ।’
आयोजना प्रमुख शर्माले हरेक ३(४ वर्षमा आउने उत्पादन चक्र
(साइकल)का कारण अभाव देखिएको बताए । ‘यो अहिलेमात्र भएको होइन, हरेक तीन–चार वर्षमा एउटा साइकल आउँछ, जतिबेला दुधको उत्पादन नै कम हुन्छ । ३ वर्ष अगाडि पनि यस्तै साइकल आएको थियो । त्यतिबेला पनि हामीसँग मक्खन र पाउडर आउट अफ स्टक भएको थियो,’ उनले भने । प्राइभेट डेरीमा पनि उस्तै अवस्था रहेको उनको भनाइ छ ।
शर्माले विगतको तुलनामा दुध संकलन पनि कम भएको बताए । ‘अहिले दैनिक करिब ७ हजार लिटरमात्र दुध संकलन भइरहेको छ । पछिल्लो ४(५ वर्ष यता सिजन (फ्लस सिजन) मा १७(१८ हजार लिटर र लिन (अफ(सिजन) मा दुध नभएको बेला ६–७ हजार लिटरको हाराहारीमा मात्र संकलन हुने गरेको छ,’ उनले भने ।
कच्चा दुधकै अभावले गर्दा हप्तामा दुई(तीन दिन चल्ने विराटनगरको पाउडर प्लान्ट अहिले मुस्किलले हप्ताको एक दिनमात्र चलाउने गरिएको छ ।
डीडीसीले उत्पादन चक्रलाई दोष दिइरहँदा पूर्वी नेपालको ठुलो निजी डेरी ‘सूर्योदय डेरी’ का सञ्चालक मनोज यादव भने उत्पादन नघटेको दाबी गर्छन् । उनका अनुसार भारतबाट हुने अनधिकृत आयात रोकिएपछि नेपाली उत्पादनमा चाप परेको हो ।
कच्चा दुध, पाउडर र बटर भारतबाट आउन रोकिएपछि आन्तरिक माग धान्न गाह्रो भएको उनले बताए । चाडपर्वहरू एकपछि अर्को गरी लगत्तै पर्नुले पनि अभाव देखिएको उनको विश्लेषण छ । १०–१५ दिनपछि फेरि सहज हुने उनले बताए ।

Author

You may also like