दमक/झापाको दमक नगरपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम भन्दै यसपाली भिन्नै प्रकारको कार्यक्रम अन्तर्गत स्थानीय महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी शुरु गरिएको छ । शुक्रबार दमक–५ स्थित दिपीनी आधारभूत विद्यालयको सटरमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी स्थानीय उद्यमी महिलाहरुका उत्पादनको पाँच दिन प्रदर्शनी शुरु गरिएको छ ।
प्रदर्शनीेका दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । नगर उप–प्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको प्रदर्शनी उद्घाटन कार्यक्रम गरिएको थियो । प्रदर्शनी शुक्रबार शुरु भइ यही भदौ २२ गतेसम्म संचालन हुने नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी गराइन् । ११ वटा स्टल रहने सो प्रदर्शनीमा दमक–७ स्थित आत्म ज्ञान महिला समूहले पोते, चुरा लगायतका सामग्र, दमक नगर एकल महिला समूहले अर्गानिक कपुर धुप, सेनिटरी प्याड र कस्मेटिक आइटम, दमक–८ को कञ्चन अचार उद्योगले अचारका परिकारहरु तथा पूर्वाञ्चल बहिरा संघले गुडियाहरु, भुटानी शरणार्थी अपाङ्ग संघले मुढा, तानको रुपमाल र दमक अपाङ्ग सहयोग समितिले पनि आफ्ना उत्पादनहरु राखिएको छ ।
तीजमा महिलाहरुले घरभित्रै खानपिन र रमाइलोमा समय विताउने भएकाले कोरोना महामारीका बेला अलि फरक खालको कार्यक्रम गर्ने भनेर महिलाहरुको प्रोत्साहनका लागि यस्तो प्रदर्शनी आयोजना गरिएको नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख भण्डारीले बताइन् । सहभागी उद्यमी महिलाहरुले भने आपूmहरुलाई नगरपालिकाले विभिन्न सामग्री बनाउन दिएको तालिमले जीविकोपार्जनमा सघाउ पुगोस् भन्ने सदिक्षा रहेको बताए । तर अझै विभिन्न किसिमका सामग्रीहरु बनाउन नगरपालिकाले तालिम दिनुपर्ने र उत्पादित सामग्रीको बजारीकरणमा पनि मद्दत पु¥याउनुपर्ने भुटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया तामाङले बताइन् ।