कला/साहित्य/संस्कृति मनोरञ्जन समाचार स्थानीय

हिमाविमा मोडल आइकनको ग्राण्ड फिनाले : स्नेहा र सोहन बने प्रिन्स एन्ड प्रिन्सेस

दमक/ दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न भएको छ । आइतबार झापाको दमक स्थित हिमालय माविमा सम्पन्न कार्यक्रममा ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ (सिजन–४) को ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा भएको प्रतियोगिताको गा्रण्ड फिनालेमा सिनियरतर्फ प्रिन्सिेस स्नेहा लिम्बू वीनर भएकी छन्, त्यसैगरी प्रदेश वीनर रोशनी चौधरी र झापा वीनर इच्छा राई विजेता भएका छन् । यस्तै प्रिन्स वीनर सोहन सेडाईँ, प्रदेश वीनरमा रवि टुडुले वीनरको ताज पहिरिएका हुन् ।
यसैगरी जुनियर तर्फ प्रिन्सेस वीनर नुनिवा चेम्जोङ, प्रदेश वीनरमा दिप्मा लिम्बू र झापा वीनरमा नुरिन योङ्हाङ र दमक वीनर आशिका राईले ताज जितेका हुन्  । प्रिन्सतर्फ ग्रीस राई वीनर भएका छन् ।
यसैगरी मल्टिमिडिया अवार्ड वीनर प्रतिमा रोका, इच्छा राई र जुनियरमा दिप्मा लिम्बू, यूनिस थापा मगर विजेता भएका किङ्स नेपालका संस्थापक कृष्ण साहले जानकारी दिएका छन् । कार्यक्रम दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिताको निर्णायकको भूमिकामा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

Author

You may also like