समाचार

एमसिसी विरुद्ध मौलिक जरोकिलो

दमक/झापाको दमकमा एमसिसी विरुद्ध वृहत हस्ताक्षर संकलन गरिएको छ । मौलिक जरोकिलो पार्टी १ नम्वर प्रदेश समितिको संयोजन तथा झापा जिल्ला समितिको सक्रियता र दमक नगर समितिको आयोजनामा सो हस्ताक्षर संकलन गरिएको हो ।
त्यस अवसरमा सो पार्टीका अभियन्ताहरुलाई प्रशिक्षण र एमसिसीको विरुद्धमा सचेतना कार्यक्रम संचालन गरियो । सभाको सभापतित्व झापा जिल्ला अध्यक्ष नारायण प्रसाद रिजालले गरेका थिए भने प्रशिक्षण १ नम्वर प्रदेश समिति इन्द्र प्रसाद ओलीले गरेका थिए । प्रशिक्षणको समापन पछि एमसिसी विरुद्धका प्लकाडै बोकेर शान्तिपूर्ण रुपमा दमकका विभिन्न भागको परिक्रमा गरिएको थियो  । नगर परिक्रमा पश्चात् विरोध कार्यक्रम सम्पन्न गरियो । विरोध सभालाई प्रदेश अध्यक्ष ओली, उपाध्यक्ष राजेश यादव, महासचिव अर्जुन कुमार भट्टराई, प्रदेश संगठन विभाग संयोजक राजकुमार दाहाल, प्रदेश सचिव रोमादेवी निरौला, अखिल नेपाल युवा संघका सुलभराज बराल, पार्टीका केन्द्रीय सदस्यहरुमा अनिल चौधरी, नम्रता उप्रेती, हिरा बाँस्तोला, सिता गौतम, रामकुमार नेपाल, प्रदिप श्रेष्ठ, उद्धव थापा, दिपेन्द्र घिमिरे, सन्तोष दाहाल लगायतले एमसिसीको बारेमा आ–आफ्नो धारण राखेका थिए  । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उत्तम खत्री, समीर गौतम, मोरङको भोक्राहा गापा सदस्य शिवनारायण मेहता लगायत झापाका विभिन्न पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युगनिर्माण महिला समाजकी प्रदेश १ संयोजक चन्द्रकला भट्टराई र प्रमुख प्रशिक्षक खेमकुमारी ओलीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो  ।

Author

You may also like