देश–समाज मुख्य समाचार स्थानीय

दमक, उर्लाबारी र पथरीमा भोली मंगलबार सार्वजनिक बिदा

दमक / दमक नगरपालिकाले असार २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै धिमाल जातिको ‘जातिरि÷सिरिजात पर्व’ को अवसरमा उक्त बिदा दिने घोषणा गरेको हो । नगरपालिकाको मिति २०८३÷०३÷०१ गतेको निर्णयअनुसार असार २ गतेका लागि दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, आधारभूत केन्द्र तथा मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
दमक नगरपालिकाको प्रथम जातिको रूपमा घोषित धिमाल जातिले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि बृहत् कार्यक्रमका साथ यो पर्व मनाउन लागेकाले उक्त बिदा दिइएको नगर प्रमुख रामकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । यो पर्व मनाउन मोरङको उर्लाबारी र पथरी नगरपालिकाले समेत सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

Author

You may also like