देश–समाज मुख्य समाचार

किसानले पाएनन् धानको समर्थन मूल्य

दमक/ चैते धान रोपाइँकै समयमा सरकारले घोषणा गरेको न्यूनतम समर्थन मूल्य किसानले अझै पनि पाएका छैनन् । गत चैतमा कृषि तथा पशुपन्छी विकास वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको थियो ।
सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ तोक्दा किसानले उत्पादनको उचित मूल्य सुनिश्चित हुने अपेक्षा गरेका थिए ।
विगतमा धान पाकिसकेपछि मात्र मूल्य निर्धारण गर्ने परिपाटी तोडिएको भन्दै किसानले यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका थिए । तर धान भित्र्याउने बेला आइपुग्दा भने त्यो मूल्य व्यवहारमा लागू हुन नसकेर कागजमै सीमित बनेको किसानहरुको गुनासो छ ।

Author

You may also like