खेल देश–समाज समाचार स्थानीय

दमक खेलकुद महोत्सव दोस्रो संस्करण समापन

दमक । झापाको दमकमा दोस्रो संस्करणको “दमक खेलकुद महोत्सव–२०८३” बुधबार समापन गरिएको छ । दमक–१० अम्बारी खेल मैदानमा भएको फुटबलको फाइनल प्रतिष्पर्धासँगै सो महोत्सव समापन भएको हो ।
दमक नगरप्रमुखको आतिथ्यता तथा दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईको अध्यक्षतामा कार्यक्रम समापन भएको हो । समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, दमक नगरपालिका विभिन्न शाखाका प्रमुखहरु, प्रहरी प्रशासन, विभिन्न सामाजिक व्यक्तित्वहरु, वडाअध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न खेल संस्थाका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थितिमा सो कार्यक्रम समापन गरिएको छ ।
समापनको औपचारिक कार्यक्रम हुनु अगाडी नगरपालिका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रिपूर्ण फुटबल म्याच समेत गराईएको थियो । जसमा जनप्रतिनिधिहरु विजयी भएका थिए । सो पश्चात औपचारिक कार्यक्रम सुरु गरेर फुटबलको फाइनल खेलको प्रतिष्पर्धा गराइएको थियो । सो फुटबल म्याचमा वडा नं. ३ र वडा नं. ५ बीचको प्रतिष्पर्धा थियो । सो प्र्रतिष्पर्धामा समयवधिसम्म गोल नभएपछि ट्राइबे्रकरबाट विजेता घोषित गरिएको थियो । जसमा वडा नं. ३ विजयी भयो भने वडा नं. ५ उपविजेता बन्यो ।
दुवै टिमलाई प्रमुख अतिथिलगायतले नगदसहित ट्रफि प्रदान गरेका थिए । प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद दिइएको थियो भने उपविजेतालाई ५० हजार नगद प्रदान गरिएको थियो ।

Author

You may also like