गीताले अनन्त अस्थित्वको वकालत गरेको छ, जस्तो कि आत्मा । यो अविनाशी छ । अनन्त छ । नष्ट हुँदैन, तर रूपान्तरित भने हुन्छ । त्यस्तै भौतिक विज्ञानले ऊर्जालाई पनि अविनाशी भन्छ, जुन कुरा ‘ल अभ थर्मोडाइनामिक्स’ मा उल्लेख छ । त्यस्तो अनन्तत समय भूगोलभन्दा पर गइरहेको हुन्छ ।
आज ज्ञान भनेको सामाजिक सञ्जाल भएको छ । विचार भनेको सामाजिक सञ्जालका ‘अराजक’ विचार बनेको छ । दार्शनिक र वैज्ञानिक भनेका पनि समाजिक सञ्जालका अराजक मान्छेहरू भएका छन् । यसर्थ, ज्ञानको अर्को आयाम पस्किन मन लाग्यो आज । राजनीतिको ‘घृणित’ खेलबाट अलिकति पर जाँदैछु आज । वास्तवमा ज्ञान शास्त्रमा छ । त्यो सनातनशास्त्र होस वा आधुनिक विज्ञानशास्त्र ।
आज म यसैमा छु ।
हिन्दु सनातन दर्शन र परम्पराको एउटा रत्न हो भागवत गीता । यसले बोकेका ज्ञान र आदर्शहरूको भारी पुलिन्दाले संसारभरका अनुसन्धानकर्ताहरूलाई आश्चार्यचकित बनाएको छ । किनभने यसले बोकेको ज्ञान, विज्ञान र दर्शन् यतिधेरै भारी छ कि आज हर अनुसन्धाकर्ताहरू यसैलाई समातिरहेका छन् र खोजिरहेका छन् यस भित्रको गहिराई ।
२० औं शताब्दीसंगै आधुनिक भौतिक विज्ञानको खोज र प्रयोग सुरू भयो । अनि सापेक्षता र क्वान्टम सिद्धान्तहरू आए यो जगतलाई पढ्न र बुभ्mन । अनि ब्रम्हाण्डको बारेमा जान्न । ब्रम्हाण्ड र क्वान्टम दुबै विषयको अन्वेषण गर्न ।
ती अन्वेषणहरूले दिव्य प्रकाश र चेतनाको सहकार्य देख्छन अध्यात्म र भौतिकशास्त्रमा । समानता देख्छन् । गीताको ज्ञान र आधुनिक भौतिकशास्त्रको खोजी र व्याख्यामा अहिले निकै समय गुज्रिरहेको छ ।
वास्तविकताको बारेमा, मायाँको बारेमा, भ्रमको बारेमा गीतामा भगवान श्रीकष्णले अर्जुनलाई गरेको व्याख्याले यो संसार क्षणिक, भ्रामक, अव्यक्त छ भनेको छ । हामीले हाम्रा इन्द्रियहरूमार्फत जे बुभ्mछौं, त्यो वास्तविक पनि होइन, सत्य पनि होइन । बरू यो त सत्यको पर्दा चाहिं हो (गीता, ९ः ५) ।
यसरी नै आधुनिक भौतिक विज्ञानको महान उपलब्धी भनेको क्वान्टम सिद्धान्त हो, जसले वास्तविकताको विरोधाभाष प्रस्तुत गर्दछ । हाइजेनबर्गको सिद्धान्त नै अनिश्तिताको सिद्धान्त हो । यसले कण र गतिलाई एकैपटक जान्न सकिन्न भन्छ । क्वान्टम सुपरपोजिसनले कणहरू मापन नभएसम्म तिनका अवस्थाहरू अनेक हुन्छन् र यो अवलोकनमा भर पर्छ भन्छ । अर्जुनले युद्धको वास्तविकता र कृष्णले गरेको व्याख्या दुवै सत्य देख्छन्, त्यसले अन्तरज्ञानलाई चुनौती दएको ठहर्छ । यसरी नै भौतिकशास्त्रले इलेक्ट्रोनिकलाई तरंग र कण दुवै देख्छन् र अन्तरज्ञानलाई चुनौती दिइरहेको हुन्छ । अस्थित्वको बारेमा गीता र क्वान्टम सिद्धान्तमा समानता छ । गीताले सबै अस्थित्वको एकतामा जोड दिएको छ । सबै कुरा ब्रम्हको अभिव्यञ्जना हो । त्यो शाश्वत छ, निराकार छ, सर्बब्यापी र वास्तविक छ (गीता, ६ः२९) ।
गीताको यही शाश्वत कुरालाई क्वान्टम सिद्धान्तले अँगालेको छ । यस सिद्धान्त अनुसार विशाल दूरीले छुट्याएका कणहरूले एकअर्कालाई तुरून्तै प्रभाव पार्छन्, र यसलाई आइन्स्टाइनले ‘दूरीमा डरलाग्दो कार्य’ भने । यसले ब्रम्हाण्डमा अकल्पनीय, गहिरो र अन्तर्निहीत एकताको आव्हान गर्छ । किनभने सबै चिजहरू समयभन्दा बाहिर एकअर्कासंग जोडिएका छन् । जस्तो कि एउटा कणलाई दूरीको वास्ता नगरी नापियो भने यसको जोडी, अर्थात अर्को पाटोलाई असर पर्छ । यसले उल्झन मात्र खडा गरिदिन्छ । अर्कालाई हानी गर्नु भनेको आपैmलाई क्षति गर्नु हो ।
समय र सापेक्षताको बिषयमा पनि गीता र आधुनिक भौतिकविज्ञानको समान धारणा देखिन्छ । गीतामा समय चक्रिय छ भनिएको छ । ब्रम्हाण्डमा सृष्टिको उद्घाटन र बिघटन बारबार भइरहन्छ । युगको चक्र चलिरहन्छ । सबै प्राणीहरू जन्मन्छन्, अनि मृत्युबाट गुज्रिन्छन् । तैपनि आत्मा चाहिं शाश्वत रहन्छ । यो भनाइ गीतामा छ । त्यस्तो कहिल्यै समय थिएन । भूत, बर्तमान र भविष्य सबै अस्थित्वबिना गुज्रिने गर्छन् (गीता, २ः१२) ।
यही आत्मा अमर रहने कुरालाई क्वान्टमको सिद्धान्त अनुसार हेरिएको छ । क्वान्टममा पर्यवेक्षकको भूमिका केन्द्रीय हुन्छ, र घटनाको परिणाम अवलोकन नभएसम्म निर्धारण हुँदैन । त्यो अवलोकनकर्ता भनेको आत्मा हो । ऊ जागरूक नभइ कुनै पनि परिणाम आउँदैन भनेको हो । चेतनाले नै वास्तविकतालाई मौलिक र आधारभूत बनाउँछ । यही चेतनाले भ्रमहरू समाप्त पार्न सक्छन् । सबै द्वैतहरू भ्रम हुन् । दुख सुख पनि भ्रम हो । जाडो गर्मी पनि भ्रम हो । मान्छे यसबाट बिचलित हुनुहुँदैन । गीतमा यसो भनिएको छ ।
यही कुरालाई क्पानटम सिद्धान्तले स्विकार गरेको छ । तरंग र कणको द्वैतले प्रकाश र पदार्थ दुबै कण र तरंगको रूपमा व्यवहार गर्छ र कुनै एकको मात्र अस्थित्वलाई अस्वीकार गर्छ ।
बहुविश्वको परिकल्पना भगवान श्रीकृष्णले आपूm विश्वरूप भएको र त्यसमा अनन्त ब्रम्हाण्ड, अनन्त समय, अनन्त प्राणीहरू, अनन्त रूपहरू, अनन्त आकार प्रकार र रंग, संसारको विनासकर्ता समावेश छन् भनेका छन् (गीता ११.३२) । यही कुरा आधुनिक भौतिशास्त्रले सकार्दै यो ब्रम्हाण्डमका समानान्तर भौतिक नियमहरू भएका धेरै ब्रम्हाण्डहरू छन् । क्वान्टमको ‘सुपरपोजिसन’ सिद्धान्तले त हाम्रो बुझाइ भनेको धेरै सत्यहरूमध्ये एउटा हो भन्छ । यसले यो ब्रम्हाण्डको बिराट रूपको अनन्तताको ब्याख्या गर्छ । वास्तविकता बहुआयामिक हुन्छ, दायरा अनन्त हुन्छ । वास्तविकताको बहुलता हुन्छ । र प्रत्येक सम्भावना एउटा अलग अलग वास्तविकताको अस्थित्वमा छ । त्यस्तै भगवान श्रीकृष्णले आप्mनो विश्वरूपलाई ‘काल अर्थात् समय’ वा ‘संहारक’ भनेर आपूmलाई चिनाउँछन् जुन कुरा क्वान्टमको ‘भर्चुअल पार्टिकल्सले’ यो ब्रक्हाण्डमा निरन्तर सृजना र विनाश भइरहन्छ भनेर ब्रम्हाण्डको गतिशीलतालाई सकार्छ ।
गीताले स्वतन्त्र इच्छालाई निश्चयवादसंग मिलाउँछ । कर्म र त्यसको परिणामले जन्म र मृत्युको चक्रलाई सञ्चालन गरिरहेको हुन्छ भनेर कृष्णले अर्जुनलाई बताउँछन् । त्यसमा निश्कर्मको महत्व पनि दर्शिन्छ । कर्म गर, तर फलको आशा नगर (गीता, २ः ४७) ।
यही कुरा भौतिकशास्त्रमा पनि उल्लेख छ । क्वान्टम सिद्धान्तले परिणामहरू निश्चित नहुने तर सम्भाव्यता वितरणबाट नियन्त्रित हुन्छ भन्छ । । अनि अस्थित्व स्वतन्त्र रहन्छ । सम्भावना जति पनि छ, तर निश्चित कुनै पनि छैन । स्पष्ट भएर काम गर्दा पनि अनिश्चयताले घेरिरहेको हुन्छ यो भौतिक संसारमा ।
ऊर्जा र पदार्थको बारेमा गीतामा अर्जुन भन्छन् कि सबै पदार्थ प्रकृति (उनी) बाट उत्पन्न हुन्छन् । ऊर्जा नै प्रकृति हो, ब्रम्हाण्डको आत्मा हो । ब्रम्हाण्ड जन्मिन्छ, धारण गर्छ, र उनीमै विलिन हुन्छ, तर उनी अपरिवर्तनीय हुन्छन् । भौतिक संसार एक चेतना र ऊर्जाको रूप हो । पृथ्वी, पानी, अग्नि वायु, आकास, मन, बुद्धि र अहंकार भगवानका आठ गुण ऊर्जा नै हुन् (गीता, ७.४) । यही कुरा अल्वर्ट आइन्स्टाइनको समीकरण भ. mअद्द ले ऊर्जा र पदार्थलाई एकै ठाउँमा ल्याउँछ, संघर्ष गराउँछ र शक्ति उत्सर्जन गर्छ । पदार्थ त केवल संकुचित ऊर्जा हो ।
त्यस्तै गरी मृत्यु र अमरताका बारेमा गीता र आधुनिक भौतिक विज्ञानको राय समान देखिन्छ । कहिल्यै पनि नमर्ने आत्मा । मृत्यु भनेको कपडा फेरे जस्तै हो । कपडा फेरिन्छ, अनि शरीर जीर्ण भएर जान्छ (गीता, २.२२)। यही कुरालाई आधुनिक भौतिकशास्त्रले अंगालेको छ । त्यो आत्मालाई ऊर्जा मानिएको छ । र त्यो ऊर्जा कहिल्यै पनि नष्ट हुँदैन, केवल रूपान्तरित हुन्छ । ऊर्जाले अवस्था परिवर्तन गर्छः जस्तो कि ठोस तरल बन्छ, तरल ग्यास बन्छ । ऊर्जाले स्थान र रूप परिवर्तन गर्छ । यो कुराको समानता यी दुवै क्षेत्रमा पाइन्छ । भौतिकशास्त्रले प्रकृतिको अन्तर्दिष्टि पस्किन्छ भने गीताज्ञानले अनुभवजन्य चिन्तन र अवलोकनमार्पmत अन्तर्दिष्टि पस्किन्छ ।
श्रीमद् भागवता गीता र आधुनिक भौतिक विज्ञानमा अनन्तताको बारेमा धेरै समानता छन् । गीताले अनन्त अस्थित्वको वकालत गरेको छ, जस्तो कि आत्मा । यो अविनाशी छ । अनन्त छ । नष्ट हुँदैन, तर रूपान्तरित भने हुन्छ । त्यस्तै भौतिक विज्ञानले ऊर्जालाई पनि अविनाशी भन्छ, जुन कुरा ‘ल अभ थर्मोडाइनामिक्स’ मा उल्लेख छ । त्यस्तो अनन्तत समय भूगोलभन्दा पर गइरहेको हुन्छ । भगवान अर्थात् ब्रम्ह (परम चेतना) समय, स्थान र कारणबाट मूक्त छन् (गीता, ११.३२) । यही कुरा ‘क्वान्टम थ्योरी’ र ‘थ्योरि अफ रिलेटिभिटी’ ले समय र स्थान सापेक्ष हुन्छन् भन्छन् । ‘बिग ब्यांग’ वा ‘ब्लयाक होल’ ले पनि समयको कुनै निश्चित अर्थ हुँदैन भन्छन् । यसर्थ गीता र आधुनिक भौतिकशास्त्रले समय र स्थानलाई निरपेक्ष मान्दैनन् । अनि दुवैले अदृष्य बस्तुहरूको अस्थित्वलाई स्विकार गरेका छन्, जस्तो कि आत्मा र कणहरू (प्रोटोनहरू) देखिन्नन् तर मापन हुन्छन् । अनि ती शक्तिशाली पनि हुन्छन् । अनि उपस्थित पनि छन् (गीता, ९.४) । यही कुरा क्वान्टम सिद्धान्तले अँगाल्छ र दावी गर्छ कि कणहरू र ऊर्जा संपूर्ण ब्रम्हाण्डमा पैmलिएको हुन्छ । चेतना र बल सबै ठाउँमा छ । यसैले, यस ब्रम्हाण्डमा केही तत्वहरू छन् जुन न उत्पति हुन्छन्, न त नाश नै हुन्छन् । ती अनन्त छन्, अविनाशी छन् । ब्यापक छन् । जताततै छन् । शरीरमा छन् । पदार्थमा छन् । रूप बदल्छन्, तर सकिंदैनन् । ती जन्मिदैनन् पनि र मर्दैनन् पनि । आज, वास्तवमा हिन्दु सनातन ज्ञानलाई ‘थुक्न सिकाउने’ अज्ञानी ‘राजनीतिका पण्डित’ हरूलाई यो लेख मार्पmत् सबक सिकाउनु थियो ।
तर दुर्भाग्य, तिनले सिक्नेवाला छैनन् । दमक, झापा