देश–समाज राजनीति स्थानीय

चुनावी चासोको ‘ईपी सेन्टर’ बनेको झापा

दमक÷ आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेता, सेलीब्रेटी र चिनिएको अनुहारहरुका कारण विभिन्न जिल्ला र क्षेत्र धेरैको चासोको विषय बनेका छन् । तर चुनावी चासोको दृष्टिकोणबाट हेर्ने हो भने, झापा र यसको पनि निर्वाचन क्षेत्र नं. ५ ईपी सेन्टरनै बन्दै गएको छ । झापाका सबै जसो निर्वाचन क्षेत्रमा राष्ट्रिय रुपमा परिचित र विभिन्न जिम्मेवारी लिई सकेका नेताहरु उम्मेद्वार बनेका कारण पनि सबैको ध्यान यता तानिएको हो । झापामा मुख्य दुई दलका अध्यक्षनै चुनावी मैदानमा आउने भएका कारण पनि धेरैको ध्यान तानिनु स्वभाविक देखिएको छ ।
झापा ५ चासोको केन्द्र
झापा क्षेत्र नं. ५ धेरैको चासो केन्द्र मानिनुको कारण यहाँ उम्मेद्वार हुने पात्र र हुने सक्ने सम्भावित प्रतिपष्र्धाका कारण पनि हो । यो पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र हो । यो उनको राजनीतिक जीवनमानै विरासतसँग जोडिएको भुगोल पनि हो । बहुदलिय व्यवस्था पछि भएका हरेक निर्वाचन क्षेत्रमा उनी यहिँबाट निर्वाचित हुँदै आएका छन् । पहिलो संविधानसभाको निर्वाचन बाहेक अन्य चुनावमा उनले जीत हाँसिल पनि गर्दै आएका छन् । यहाँ उनको निरन्तरता, पूर्वाधार विकासमा देखिएको परिणाम र बलियो संगठनका कारण उनका लागि यो सुरक्षित क्षेत्र पनि हो । तर यस पटक उनीसँग प्रतिष्पर्धा गर्न आउने भनिएका व्यक्ति बालेन्द्र शाहका कारण पनि चासो थप बढेको हो ।
यस निर्वाचन क्षेत्रबाट २०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३ सय ११ मत पाएका थिए । यो दोश्रो हुने कांग्रेसका खगेन्द्र अधिकारीको तुलनामा दोव्वर भन्दा बढि हो । त्यस बेला ओलीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका हुन् । पराजित खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । ओलीको नेतृत्वमा भएका काम र बलियो संगठनका कारण पनि यो एमालेको बलियो गड मानिन्छ । तर आगामी निर्वाचनमा काठमाडौ महानगरका बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वारको रुपमा यहि क्षेत्रमा पठाएपछि यो क्षेत्रको चर्चा अझ चुलिएको हो। रास्वपाले बदलिएको राजनीतिक परिस्थितीमा आफुहरुको जीत निस्कने बताई रहेको छ । बालेन्द्रको चिनिएको छविले पनि मत आकर्षित गर्न सकिनेमा रास्वपा ढुक्क छ ।
अरु ‘हाईप्रोफाईल’
झापाका अन्य निर्वाचन क्षेत्रमा पनि ‘हाईप्रोफाईल’ नेताहरु चुनावी मैदानमा आउने भए पछि चुनावी बहस र सरगर्मी बढेको छ । झापाको क्षेत्र नं. १ मा एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेद्वार बनाउने भएको छ । तर यहाँ यस अघि निर्वाचित नेपाली कांग्रेसका प्रभावशाली नेता, उपसभापति विश्वप्रकाश शर्माका कारण पनि यो क्षेत्र चर्चामा छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मत ल्याई विजयी भएका थिए । त्यस बेला उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् । पराजित अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत ल्याए थिए । यस पटक कांग्रेसको उम्मेद्वार को हुने यकिन भई सकेको छैन । विशेष महाधिवेशन अघि भने शर्माले आफु उम्मेद्वार नहुने बताएका थिए ।
झापा क्षेत्र २ पनि अर्को ‘हाईप्रोफाईल’ नेताको क्षेत्र हो । अघिल्लो चुनावमा झापा क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवराज घिमिरे २८ हजार ७१६ मत ल्याई विजयी भएका थिए । त्यस बेला निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २६१ मतान्तरले पराजित गरेका हुन् । पराजित नेपालले २६ हजार ४५५ मत ल्याएका थिए । घिमिरे त्यहाँबाट निर्वाचित भई प्रतिनिधीसभाको सभामुख प िनबनेका थिए । यस पटक पनि सभामुख घिमिरेनै उम्मेद्वार हुने कुराले यो क्षेत्र पनि धेरैको चासोमा रहेको छ ।
राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुँदै आएको झापा क्षेत्र नंं ३ पनि चर्चामा नहुने कुरै भएन । यहाँ कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि छन् । तर उनको उम्मेद्वारीको कुरा सार्वजनिक भई सकेको छैन । यस अघि क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लिङ्देन ४० हजार ६६२ मत ल्याई विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका थिए । पराजित कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत ल्याएका थिए । यहाँ र झापा ५ मा एमाले र राप्रपा विच सहकार्य भएको थियो । एमालेले अन्य क्षेत्रका उम्मेद्वारहरुको नाम सार्वजनिक गरे पनि झापा ३ को भने सार्वजनिक गरेको छैन ।
अन्य क्षेत्रको तुलनामा झापा क्षेत्र नं. ४ कम चर्चा र चासो भएको क्षेत्र हो । यस अघिका निर्वाचनमा जित्दै आएका लालप्रसाद साँवाको साटो एमालेले युवा नेता मनोज ताम्लीलाई उम्मेद्वारको रुपमा अघि त्यो उल्टिएर एलपी साँवालाई नै दिएको बताइएको छ । अघिल्लो पटक ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बू २९ हजार ३१५ मत ल्याई विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेलाई ६ हजार ८६७ मतान्तरले पराजित गरेका थिए । पराजित देउकुमार थेवेले २२४४८ मत ल्याएका थिए ।

Author

You may also like