के होला ? कसो होला ? कस्तो होला ? किन होला ? कसरी होला ? कहाँ होला ? सम्भावना, खुलदुलीहरुको माझबाट आज नसोचेको राजनीतिक बाटोले नयाँ मोड लिएको छ, यतिबेला । जे हुनु थियो अनि जसरी भएपनि लोकतान्त्रिक गणतन्त्रलाई दोहन गरेर लुटखसौट सबै दलहरुले गर्नु थियो नि त्यो अभिष्ट थोरै बयोबृद्द नेताहरूको पोल्टामा नेपाली राजनीतिको चक्रको त्रिपासा खेल हिजोसम्म चलिरहेको थियो । धमिलो पानीमा माछा मार्नेहरुको समूह न रात न दिन केही नभनी लागिरहे । उता कर्मशील, श्रमजीवी किसानहरु मुक्तिका लागि लडिनै रहे तर फल खाए तिनै शीर्ष नेताहरूले । युवाहरूलाई भाला, खुकुरी, रड, तरवार, बन्दुक बोक्न लगाएर भिड्ने र लुट्न उद्दत बनाए तिनै वृद्ध नेताहरूले । आफू जिन्दगीभर ऐस आराममा लागेर देशलाई पश्चगामी दिशातर्फ धकेल्न उद्दत बनाए । हिजोको कालो रात परेड खेलेका अनि गिटठा र भ्याकुर खाएर बाचेका बिरासतसम्म सम्झेर ल्याउदा दुःख मान्नुपर्ने हो त्योसम्म रत्तिभर मानेको देखिन्न शीर्ष नेताहरूले किन ? हिजोको क्रान्तिको लडाइँ के का लागि थियो ? कसका लागि थियो ? हिजोको तानाशाही सरकार ढाल्न क(कसको भूमिका कस्तो रहयो ? हाम्रा बीरबरङ्गनाले सिर्जेको रातो र तातो रगतको उत्सर्ग केका लागि थियो ? ठण्डा दिमागले नेताहरूले जीवनमा सोचे त ? कहिल्यै सोचेनन । साम, दाम, दण्ड, भेद आफ्नै झोले, भरौटे, प्यानलका अघि पछि राखिरहे । तपाईं हेर्न सक्नुहुन्छ ४८ सालदेखि अहिलेसम्म आइपुग्दाको पुरानो बिरासत हेर्नुहोस तिनै पुराना अनुहार र तिनै दलालहरुको अघिपछिमा लम्केको छ, नेपाली राजनीति । औरे भौरे, भगौडा, चम्चे, घुसखोरी, डनवादहरुकै छायामा नेपाली राजनीतिका शीर्ष नेताहरू दौडेका छन । सेटिङ्गमा चलेका छन, सरुवा, बढुवाको लाइनमा लागेर घुसखोरीको चङ्गुलमा लागेका छन दलका नेता र तिनका चम्चेहरु । हामीले देखेकै छौ, अवलोकन गरेकै छौं कि हिजो खान नपाएर गाउँमा, नगरमा हिडेका क्रान्तिकारी भनौदाहरु अहिलेपनि सुखसयलमा राजधानीमा बसिरहेका छन । हिजोसम्म उनीहरूलाई भेट्न दिँदैन थे, न फोन उठ्थ्यो न कल ब्याक सम्म आउथ्यो । मोजमस्तीमा सारा पानी गुण्डा पालेका थिए, उनीहरूको हैसियत हिजोसम्म यस्तो चैन थियो राजधानीमा, उनीहरूले प्रयोग गर्ने गाडीघोडा करौडौ(करोडको थियोे, उनीहरू निर्वाध रुपमा सयर गर्थे । मानौ कि सर्वहारा बर्गको कम्युनिस्ट शुद्ध भन्न मन लाग्दैन थियो हामी आफ्नो खुट्टामा उभिनेहरुलाइ । हामीलाई हेर्दैन थे ती काला अनुहारहरुले । जो चाकरी गर्छ, जी हजुरी गर्छ, सेटिङ्ग मिलाउछ, कालो धन्दा गर्छ, मानव बेच बिखन गरेर नाफा कमाउछ तिनै ती दलाल नेताहरूको प्यारो भयो, हिजोका दिनमा । हिजोमात्र जेन ( जीको आन्दोलन नेपालभर एकैसाथ फैलियो ती नेताहरूलाई पहरा दिनेहरु फरार भए, गायब भए कोहि एक शब्दसम्म बोलेनन् । आखिर यो ३४ बर्षसम्म उनीहरूले एकछत्र राज्य सत्तामा बसेर देश दोहन गरेको परिणाम के थियोे त ? बल्ल कुनोमा पसेर आर्तनाद गर्नेहरूले बल्ल थाहा पाएका छन । बचेखुचेको साखसम्म सबै लिलाम भए, कहिले संसद भङ्ग गर्ने त कहिले राजालाई शासन सत्ता सुम्पिने खेलमा महान नेपाली जनताहरुलाइ त्रासै– त्रासमा जीवन ज्यून बाध्य गराउने को हुन त ? यतिसम्म ठक्कर खादासम्म नेपाली जनताहरु झोलेका नाममा अझै झोला बोकिरहनु लज्जाजनकको कुरा हो ।
नेपाली राजनीतिमा पहिलो पुस्ताले तेस्रो पुस्तालाई जहिलेपनि किल्चेर अघि बढछ नि त्योनै दुर्भाग्य निम्तनु हो यसलाई परिवर्तन गरेर पुरानो पुस्ताका शीर्ष नेताहरू अघि बढेनन भने याद गर्नुहोस राजनीति दुर्घटना हुने निश्चितप्राय ः छ, यो लेखेर राखे हुन्छ अब , बयोबृद्द नेताहरूले । हामी अहिले के जीत हो र के हार हो ? भन्ने अवस्थामा छौ । अहिले भर्खरैको अवस्था हेर्दा देशभरि देखिएको जनआन्दोलन कुनै आकस्मिक र एकरातमै भड्किएको आक्रोश थिएन । यो त बिगतका बर्षौ यहाँसम्म कि दशकौदेखि निरन्तर सन्चित हुँदै आएको पीडा, असन्तोष र आक्रोशको बिष्फोट थियो । व्यापक भ्रष्टाचार, नोकरशाहीको उदासिनता र नागरिकले आधारभूत सेवा पाउँदा भोग्नुपरेको दैनिक अपमानले जनमानसमा गहिरो घाउ र आक्रोशको विशाल भण्डार निर्माण गरिसकेको थियो हिजो । उतिबेलाको र हिजो अस्ति भएको जेन– जीको आन्दोलनको पाठले के सिकाउछ भने जनआन्दोलन न ब्यबस्थित हुन्छ न त नियंत्रित, यो आन्दोलनको उभार जनशक्तिलाई होस्टेमा हैसे देशभर बेरोजगार भएका युवाहरुको समर्थनको बल रहयो । हुन त घुसपैठ नभएको त पटक्कै होइन भएकै हो तर नियन्त्रण बाहिर रहयो यो आन्दोलन । कति बेरोजगार थिए, जनआक्रोश थियो । नेताहरूप्रति जनबिश्वास गुमेको थियो । हातमा माथिल्लो दर्जाको सर्टिफिकेट हुँदासम्म जागीर भेट्न धौधौ थियो सबै युवाहरूलाई । ती बेरोजगार भएका युवाहरुमा आक्रोश बढदो थियो । आन्दोलनमा होमिएका युवाहरूलाई रोक्न सक्ने समूह थिएन भीड अनियंत्रित भयो, आगजनीका घटना बढ्या ( बढ्यै भए । कतिले त रिसीवी साध्न पाए भने कतिले मौकामा चौका हान्न उद्दत रहे । भौतिक संरचना, पुरातात्विक बिभाग, सङग्रहालय, चौकी, सुपर मार्केट, उधो, कारखाना, सिंहदरवार, संसदीय भवन लगायतका संरचना छिनभरमै आगो लागेर इतिहासै जलेर आज खरानी भएको छ । मानौ कि नेपाल आमा रोएकी छिन । नेपालमा राजनीति भनेको अन्यत्र असफल भएका वा योग्यता मापन हुने क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेका हिम्मत नगरेका ब्यक्तिहरुले सन्चालन गर्ने बिषय बन्दै आएकोले गर्दा हिजोकै काला अनुहार फेरि दोहोरिए । नयाँ पुस्तान्तरण हुन सकेन । फलस्वरुप हिजोकै तानाशाहहरु हावी हुन पुगे अरुलाइ मौका दिएनन । देशमा भइरहेको अस्थिर राजनीतिका कारणले जनताको बिकास समृद्धि, सुशासनको चाहना पूरा हुन सकेन । जसका कारण हालको ब्यबस्था राजनीतिक दल र नेताप्रतिको जनआकर्षणको क्रेज बढदो होइन घटदो छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेका संबैधानिक आयोगहरु जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलहरुले आफ्ना नजिकका ब्यक्तिहरु नियुक्ति गरेर भ्रष्टाचारका घटनाहरुलाइ ढाकछोप गराउने प्रवृत्तिले जनतामा निराशा हिजोका दिनसम्म थियो । नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न पाउने अधिकार नभएकोले यसैको आडमा ठूल्ठूला भ्रष्टाचारका काण्डहरु घटिरहेका थिए, हिजोसम्म । यद्यपि हिजो संसदको राज्य ब्यबस्था समितिमा भ्रष्टाचार सम्बन्धि विधेयक बिचाराधीन रहदारहदै अहिले अचानक जेन ( जीहरुको आन्दोलन पस्चातको यो राजनीति उलटपुलट परिवर्तन पश्चात सवै बिधेयकहरु थान्को लागे । अब यो पश्चात के हुने हो ? कस्तो हुने हो ? भन्ने दिविधाग्रस्त अवस्थामा छ , नेपाली राजनीति । आज संविधानको धारा ६१ (४ ) अनुसार सुशीला कार्की अन्तरिम मन्त्री परिषदको प्रधानमन्त्री बनि सकेको अवस्था छ । राष्टूपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरे सङ्गै अन्य मन्त्रीहरुमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, उर्जामन्त्री कुलमान घिसिङ्ग, सूचना तथा सन्चार मन्त्री जगदीश खरेल, शिक्षा मन्त्री डाक्टर महावीर पुन, कृषि मन्त्री मदनप्रसाद परियार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा समेतको मन्त्रीमण्डल गठन गरेर उनीहरूलाई कार्यभार समेत सुम्पिसकेकी छिन । अहिले मुलुकमा उत्पन्न विपद तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै, युवा पुस्ता द्वारा प्रकट गरिएको इच्छा तथा आकाङ्क्षा अनुसार राजनीतिक दल तथा सरोकारवालाहरु सङ्गको परामर्श समेतका आधारमा नेपालको संविधानको पालना र संरक्षण एवम नेपालको राष्टिूय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले राष्टूाध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्टूपतिलाई सुम्पिएको संबैधानिक प्रतिबद्धतात्मक ब्यबस्था बमोजिम आगामी ६ महिना भित्र प्रतिनिधि सभाको अर्को निर्वाचन फागुन २१ मा सम्पन्न गर्नेगरी बर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइ दैनिकी कामकार्य भइरहेको हुनाले आगामी दिनमा शान्ति, अमनचयन कायम होस । भ्रष्टाचार निर्मुल होस । बिजया दशमी, शुभ दीपावली, नयाँ सम्बत, छैट पर्वको सबै शान्तिकामी नेपाली बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुमा यो स्वतन्त्र कलमजीवीको शुभकामना ।