दमक । दमक–५ स्थित बुद्ध टोल विकास संस्थाले शनिबार आफ्नो टोलमा सरसफाई कार्यक्रम गरेको छ ।
वडा नं. का वडा सदस्य गोपाल कृष्ण संग्रौला र टोल विकास संस्थाका अध्यक्ष पूर्ण प्रसाद भट्टराईको अगुवाईमा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको सचिव इन्द्र बहादुर बुढाथोकीले बताए ।
टोल विकास संस्थाका शेयर सदस्यहरु भेला भई पुरानो पाथीभरा एफएमदेखि गुम्मासम्म सरसफाई गरिएको बुढाथोकीले बताए । बुढाथोकीका अनुसार उक्त टोल विकासले हरेक महिनाको दोस्रो शनिबार सरसफाई कार्यक्रम गर्ने निर्णय समेत भएको बताए ।