देश–समाज विचार/वहस स्थानीय

यथार्थ चित्रण “जनै हराएको मान्छे” !

समय एक चक्र न हो । थाहै नपाइ जादो रहेछ । यही मोडमा कहिले दुःख त कहिले सुख अङ्गाल्नुपर्दो रहेछ । तर जीवन सुखी रुपमा ज्यून र जीवनलाई आहलादित वनाउन मस्तिष्कमा कहिलेपनि नकारात्मक सोच चाहिँ भर्नुहुन्न कसैले । यो कुरा याद राख्नुस कि मनलाई स्थिर राखेर अघि बढ्न सक्यो भने मान्छे एकदिन चन्द्रमामा पुग्दोरहेछ भन्ने तथ्य त यो अजिवको मान्छे त्यहाँ पुगेर देखाइदिएको छ । मान्छेले गर्न नसक्ने काम जीवनमा केही छैन पहाडलाई समथर जमिन बनाउन सक्ने ल्याकत मान्छेमा मात्र छ अरु प्राणीमा छैन । त्यही भएर हो मान्छे जादुगर हो, उसलेमात्र बिज्ञानको सहायताले यो पृथ्वीलाई चक्कर लगाएर परिक्रमा समेत गर्न सकेको छ । बुझ्न सके मान्छे एक अजिव हो, बुझ्न नसके मान्छे भयानक समस्यै–समस्या हो । उसलाई खेलाउन सक्नुपर्यो, नचाउन सक्नुपर्यो । सही, गलत छुट्ट्याउन सक्नुपर्यो । कुन ठीक हो कुन बेठीक हो आज फरक छुट्ट्याउन नसकेको कारणले गर्दा आजको आधुनिक मानवहरु क्रुर बन्दै गएका छन । उनीहरुले कोहि चिन्दैनन, यस्तो अन्धभक्त छ कि मानव भित्री कुरा पटक्कै खोल्दै खोल्दैन । रुप, सार बुझ्नै नसक्ने भाको छ आजको मानव । कसलाई पछार्ने, लडाउने खेल खेल्न उद्दत छ, हिजोआज । जीवनका हरेक मोडहरुमा आफ्नो जिन्दगीलाई सारभूत सम्झेर रिस, डाह, अहङकारलाई कुल्चेर सार्थक जीवन ज्यून मान्छे उद्दत भएको देखिन्न । यिनै समयसापेक्ष बिषयबस्तुलाइ उठान गरेर जीवनका अनगिन्ती कहानीहरु केलाएर जनसमक्ष ल्याउने काम नाटक, एकांकी, टेलिफिल्म, चलचित्रका कथाबस्तुमा समेटिएका हुन्छन ।
यी कथावस्तु कहिलेकाही मेल खान पुग्छन, फेहरिस्त मिल्न पुग्छन । जीवनका आरोह र अवरोहमा आफूले चालेका हरेक कदमहरुले संघर्षका अप्ठ्यारो कदमहरुलाइ घुलमिल बनाउदै लैजादो रहेछ । हो, आज यस्तै – यस्तै एउटा पृथक कथा जो कसैको जीवन सङ्ग मेल खाने खालको नेपाली कथानक चलचित्र “जनै हराएको मान्छे” भन्ने चलचित्रको परिवेश र संक्षेपमा कथानक तपाईं आम पाठकहरु मार्फत संप्रेषित गर्न चाहान्छु , जुन यथार्थपरक छ । मान्छेले जन्मदै कुनै न कुनै अभिष्ट लिएर जन्मेको हुदोरै छ । आफ्नो घरको आर्थिक अवस्था कमजोर भएपनि र नभएपनि घर छोडेर बिदेशिनु पर्दोरहेछ । कतिले नेपालमै जागिर मिलेपनि कमाइ कम भएकै कारणले बिदेशिनु रहर भएको छ । कतिको घरको अवस्था कमजोर भएका कारण आर्थिकोपार्जनका लागि बिदेसिन बाध्य छ । कति त रहरले होला कति बाध्यताले गर्दानै हो मुग्लान पस्ने । हो आज एक यस्तै कथा र ब्यथा समेटिएको चलचित्रको बस्तुतथ्य यहाँहरु समक्ष प्रकाश पार्दैछु ।
“जनै हराएको मान्छे ः सम्बन्धका धागाहरुको सम्बन्ध कसरी रहन गयो भन्ने कुराको उठान यो चलचित्रमा छ । तर पछि निर्माण पक्षले केही समय अधि नाम परिवर्तन गर्यो । “बाहुनको ठाउँमा मान्छे राखेर रुप परिवर्तन गर्यो । यस बिषयमा हिन्दु धर्मसङ्ग सम्बन्धित केही संस्था र ब्यक्तिले अनावश्यक चासो या दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माण पक्षले प्रष्ट पारेको थियोे । यद्यपि “जनै हराएको मान्छे ः सम्बन्धका धागाहरु “धार्मिक फिल्म नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन । बिषय र प्रसङ्गले जुरेको नामका आधारमा फिल्मनै धार्मिक हो कि भन्ने जनचासो र सरोकारको बिषय थियो, हिजो । सिनेमाको गत भाद्र ६ गते नेपालभर प्रदर्शन भए यता निर्देशक हिमाल न्यौपानेले थप चासो यसरी व्यक्त गरे – हाम्रो फिल्म धार्मिक होइन, यसमा सामाजिक जनजीवनका कथाब्यथा छन । बिषयसङ्ग जोडेर जनै शब्द राखिएको हो, उनले भनिसकेका छन । सर्जकले आफूले चाहेको बिषय र नाममा कसले रोक्न सक्ने अवस्था छैन, उनले बताए अनुसारनै बर्तमान जल्दाबल्दा विविध समस्यामा पिल्सिएका नेपाली जनता गाँस, बास र कपासका लागि कति सङघर्ष गर्दो रहेछ भन्नेकुरा त बिजय बरालले भोग्नुपरेको अनेकन समस्याको बाबजुद पाएको सुख प्राप्तिबाटै यो नेपाली चलचित्र एउटा सामाजिक बनेको छ । यस चलचित्रमा पटकथा र संवाद भानुभक्त ढकालले गरेका छन । सम्बन्धका आयामको कथामा आधारित फिल्मले अहिलेसम्म राम्रै बजार पाएको देखिन्छ । बिजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, शुसाङक मैनाली, रियर राई, भावना खपाङ्गी मगर, रुपेश लामा, सुशन थापा लगायतका अन्य कलाकारको बेजोड अभिनय देख्न सकिन्छ । कताकता केही केही कथा, पटकथा नमिलेको आभास धेरै दर्शकहरुले पाएका छन ।
हुन पनि हो नेपाली चलचित्रमा प्रायःश कथाबस्तु अधुरो र अपुरो भएरै सकिएका कहानी अन्य चलचित्रका दृश्य र परिदृश्यमा हामीले देखेसुनेकै हो । हिन्दी चलचित्रको कथानक जस्तो मार्मिक र यथार्थ बिषयबस्तु उठान गर्ने कथाकारको अलि कमी छ, हाम्रो नेपालमा । गहिरो अध्ययन गरेर स्थलगत निरीक्षण गरेर कथा, पटकथाको सार संक्षेप नबुझी कथा लेख्नेको बग्रेल्ती भीड छ, हामीमाझ । यस्तै नेपाली सिनेबजारमा सर्वाधिक हिट “पूर्णबहादुरको सारङगी” पछि बिजयको मूख्य भूमिकामा यही फिल्म प्रदर्शन भइसकेको छ, देशभर । पेपरक्लिपको ब्यानरमा निर्माण गरिएको फिल्मका निर्माता कमल नेउपाने र बिमल नेउपाने रहेका छन । फिल्म हेर्ने दर्शक प्रायः जसो भक्कानिएर आँखामा आँसु थाम्न नसकिरहेको दृश्य हलभित्र देखियो, कतिको पीडा उस्तै, छटपटी उस्तै, पारिवारिक मिलनपछिको बिछोड उस्तै– उस्तै भएकाले होला, यो चलचित्र अरु चलचित्र भन्दा अलि बेग्लै परिवेशको पाउन सकिन्छ । स्वयं कलाकार तथा गायिका केकी अधिकारी र अन्जु पन्तको समेत आँखा रसाएको समाचार अनलाइन र सिने पत्रिकाले क्ष्यापक्ष्याप्ती छापेर समाचार भाइरल हुन पुग्यो । यो चलचित्रमा खासगरिकन बाबुछोराको भावनात्मक सम्बन्ध कथामा छ । चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा छ यसमा । सायद योभन्दा ठूलो उपहार बुवाको लागि अर्को को होला र ? अभिनेत्री केकीले छोरीहरूले चाहेरपनि बुवा, भाई तथा माइतीका लागि केही गर्न नसक्ने फिल्मले स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । “जनै हराएको मान्छे” मा बुवासङ्ग कसरी छोरी छुटेर टाढा पुग्छिन र भाइसङ्गको सम्बन्ध कस्तो रहेछ भन्ने देखाएको छ, चलचित्रमा । तीन मिनेट ३८ सेकेन्डको टूेलरमा आर्थिक अभाव, कोरिया जाने सपना र त्यसका लागि मूख्य पात्रले गर्ने संघर्षको कथा देखाएका गीतहरुको प्रचारप्रसारले पनि आम दर्शकहरुको मन तानिदियो हिजो । केकी अधिकारीको भाइको भूमिका निर्वाह गर्ने बिजय बरालको जीवन सुधार्न पतिबाट दमन सहेकि छिन उनले । उनले फिल्ममा आफू सानो उमेरमै ठूलो सपना बोकेर काठमाण्डौ आएका गाउँले युवतीको भूमिकामा रहेकी छिन, यो चलचित्रमा । साथै उनले भाइको जिन्दगीले लय समातोस जिन्दगीभर दुःखी जीवनमा बाच्न नपरोस भनेर आफू पतिको दमन र खप्की सहेर दयालु दिदीको भूमिकामा रहेकी छिन । उनी भाइको लागि आफ्ना सपना बिर्सने पात्रको रूपमा देखिएकी छिन भने आफू अध्यारोमा बसेर अरुलाइ उज्यालो दिने सोच भएकी पात्र हुन ।
जब भाइले उनी घरेलु हिस्सा सहेर बसिरहेकी थाहा पाउछ, तब त्यसको प्रतिकार गर्न खोज्दा उनले भाइलाई कराएको दृश्यले टूेलरमा राम्ररी समेटिएको छ । समय र परिस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ उनलाई आफ्नै सपनानै याद भएको देखिन्न, कथाबस्तुले यी कुराहरु केलाएको छ । आज यस्ता महिलाहरु काठ्माण्डौमा छन ती महिलाहरु मध्येकी एक महिला पात्रहरुको प्रतिनिधित्व केकीले अभिनयमा निभाएकी स्पष्ट देखियो । कोरिया जाने सपना बोकेर सहर छिरेका बिजयको संघर्ष र उतार चढावको कथा÷सपना, संघर्ष, प्रेमको कथा र धोकैधोकाले जीवन बदलिन नसकेको पीडाले कथा भरिएको छ । यसमा पनि कर्णप्रीय स्वरका धनी वरिष्ठ गायक थानेश्वर गौतमको यो गीतले हलभित्र भक्कानिएर नरुने दर्शक कोहि देखिएन जुन गीत यस्तो थियो –
हे ..हे…हे ..हा..हा…हा ..हे …हे …हे …हा…
आधाआधी सपना रहयो भै दिएन पूरा
के सपना लेख्दिम जिन्दगीभर चलाइ गयो छुरा
हे ईश्वर तैले ……………………………………
अन्त्यमा, यस चलचित्रका निर्माता, निर्देशक, कथा÷पटकथाकार, गीतको रचनाकार, गायक÷गायिका, चलचित्र बितरक तथा सम्पूर्ण कलाकारहरुको बेजोड अभिनयले हामी सिनेकर्मीहरुको अभिनय हेर्ने सबैको तर्फबाट हरितालिका तीज पर्व र ब्रतको शुभकामना व्यक्त गर्दछौ ।

Author

You may also like