जर्मनीकी ३३ बर्षिया लेखिका मोना काष्टिनको सन् २०१८ मा प्रकाशित उपन्यास सेभ मी (मलाई बचाउनुहोस) को कथामा अराइरहेको छु म अहिले । यी युवा लेखिकाका अक्षरहरूले यो समयलाई कसरी लिपिबद्ध गरिरहेकाछन् भनेर घोत्लिने बेला पनि आएछ जस्तो लाग्यो ।
सभ्रान्तहरूले पढ्ने बोर्डिङ्ग स्कुलमा पढ्ने ‘रूवि बेल’ नाम गरेकी केटी अक्सफोर्डमा गएर पढ्ने सपना देख्छे । त्यसमा उसको अज्ञात भएर, कम प्रोफाइलकी बनिएर भए पनि पढ्ने धोको हुन्छ । आपूm गरिव भएको कारणले अक्सफोर्ड पढ्ने सपना अधुरै हुन्छ । त्यही भएर उसको ध्यान एउटा सभ्रान्त परिवारपतिर खिचिन्छ । उक्त परिवारको छोरो ‘जेम्स ब्यूफोर्ट’ को तडकभडकमा रूवि टक्क उभिन्छे, अनि आपैmलाई हेर्छे, अनि जेम्सलाई । जेम्सको ठाँट, पार्टी (ब्वाइको पहिचान र परिवारिक बिरासतले रूविलाई घिसारेर उसकै अगाडि ल्याउँछ । ती नजिकिन्छन् । यतिसम्म कि तिनले मिलेर आप्mनै विद्यालयको बािर्षक कार्यक्रमको आयोजना पनि गर्छन् । भिन्न लक्ष लिएर हिंडेका रूवि र जेम्स मन, तन र आत्माले एकै हुन थाल्छन् । तर रूवि चीर निन्द्राबाट ब्यूँझे जसरी ब्यूँझेर आपैmलाई हेर्छे । जेम्सलाई हेर्छे, जो रूविको अपेक्षा र उसको भावनाकाबीच खण्डित भइरहेको हुन्छ ।
अन्तरमूखी भएर बाँच्ने रूविको योजना पैसाको अभावले जेम्सको नजिक पुग्छे रूवि, तर जेम्स रूविमा त्यस्तो कुनै चमत्कार देख्दैन । तर पनि रूवि जेम्सको नजिक भइरहन खोज्छे । किनभने उसको बुबा दुर्घटनामा मरेको र बेकरी चलाउने आमाको आयले उसको अक्सफोर्ड पढ्ने सपना पूरा हुनेवाला पनि हुँदैन । बिपरित लक्ष र चरित्र बोकेका रूवि र जेम्सको अकल्पनीय, अपत्यारिलो प्रेम सम्बन्धले तिनलाई बसी खान दिँदैन । तर त्यो प्रेमले परिवारको इजजत जोगाउनु पर्ने अवस्था आउँछ जेम्सलाई । रूविको सच्चा प्रेम र जेम्सको पारिवारिक प्रतिष्ठा तिनीहरूको बिचमा पर्खाल भएर ठडिन्छ । तैपनि तिनको प्रेम अघि बढिरहन्छ संघर्षमय भएर ।
जब उपन्यास उत्कर्षमा पुग्छ, रूविको अन्तमुर्खी स्वभाव, गहिरो प्रेम र मिहेनती जीवनशैलीले सजाय पाउन थाल्छ । अर्थात्, जेम्स बिस्तारै रूविको प्रेमको डोरी पारिवारिक बिरासत नामको कैंचीले काट्न थाल्छ । काट्न मात्रे थाल्दैन्, छिनाउँछ पनि । जेम्स रूविको प्रेमको प्रतिमा भएर उभिन चाहँदैन, सक्दैन । उसको बाबु तिनको प्रोमको रेफ्रि भएर आइसकेको हुन्छ । अनि त के चाहियो र ? जेम्सले रूविको हात छोडिदिन्छ, जुन कुरा पाठकले सोचेकै हुँदैन । तिनको प्रेम एउटा खतनाक मोडमा पुगेर दुर्घटनामा पर्छ । सुन्दर सन्सार एकाएक अन्धकारमय बन्छ । प्रकास हराउँछ । उत्साह मेटिन्छ । मुस्कानको हत्या हुन्छ । प्रेम घृणामा रूपान्तरित हुन्छ । तिरस्कारमा रूपान्तरित हुन्छ । निराकारमा रूपान्तरित हुन्छ । रित्तो र शून्यतामा रूपान्तरित हुन्छ । तिनको आउडेखाउडे समयलाई सम्याउने कुनै ज्यावल हुँदैनन् । कुनै खन्ती र फरूवा हुँदैनन् । कुनै बेल्चा र झम्पल हुँदैनन् । कुनै खन्ती र कुटे हुँदैनन् । कुनै कोदाला र गैंती हुँदैनन् । सबैकुराको पूर्णबिराम लिएर उभिन्छ तिनको प्रेम कथा । रूविको अब्यक्त आवाज सेभ मी हो । मलाई जोगाउनुस । शारिरीक, मानसिक, सामाजिक रूपले असुरक्षित महसुस गर्न बाध्य आवाज हो यो उपन्यास । यही हो उनको अन्तर्मनको आवाज ।
तर कसले सुन्छ ?
आज म मेरो समयलाई यही उपन्यासको ताँदोमा राखेर हेरिरहेको छु । हिजोका बिरासत बोकेर आएका हौं भन्नेहरू आज कसरी रित्तो उभिन बाध्य भइरहेका छन् ? हिजो अकल्पनीय आन्दोलन गरेर, सारा समाज र समय कब्जा गरेर आएकाहरूको त्यो मुस्कानरूपी तिनको समय आज कसरी तिनलाई गिज्याइरहेको छ ? हिजो ‘जनताका नेता’ हौं भन्नेहरू आज जनताका घरमा जाँदा किन साउथ इण्डियन मूभिका भिलियान जस्तो हजारौं गाडीका लावालस्कर, हजारौं सुरक्षाकर्मीका घेरबाट ‘ज्यान बचाएर’ हिंड्नु परिरहेको ? हिजो ‘हामीले भोट जितेका हौं’ भन्नेहरू विवादित बिषयहरूमा जनमतसंग्रह गरेर ‘फेरि पनि भोट जित्न’ के ले रोकेको छ र ? किन मान्दैनन् ‘फेरि पनि भोट जित्न’ ? अनि भोट ल्याउने ल्याकत भएकाहरूसंग किन डराएर पतित भाषिकामा तिनका पछाडि हात धोएर लागेका ?
‘हामीले ल्याएको एजेण्डामा देश चलेको छ’ भन्न रूचाउनेहरू आज किन पश्चात्ताप गरिरहेका ?
आज यो समय रूवि र जेम्सको भत्किएको प्रेम भएको छ । प्रेम सजातीयमा मात्रै सुन्दर हुन्छ । त्यो भएको ज्यामितीय सजातीता हो । ‘लाइक एस्प्रेसन’ । दरवारको चीन प्रेम सजातीय थिएन । त्यसैले दरवार सकिँदा चीनले आँसु चुहाएन । कांग्रेस माओवादी प्रेम सजातीय थिएन । त्यसैले अर्कोसंग गठबन्धन गर्दै गर्दा तिनको तल्लो स्तरको गालीगलौजले आम सञ्चार रंगिए । अहिले कांग्रेस एमाले प्रेम पनि सजातीय छैन । त्यही भएर खटपटि सुरू भइसकेको छ । यसको पर्दा लाग्दासम्म निकै अकल्पनीय र बियोगान्त देख्नु पर्ने दिन आउने छ ।
अनि हिरासतमा बसेको रवि लामिछाने यिनले स्वार्थका लागि प्रेम गर्दा ‘सफा’ थिए । ‘प्रधानमन्त्री हुन लायक’ थिए । अनि स्वार्थ नमिल्ने बित्तिकै ‘भ्रष्ट’ भए ।
वाह, प्रेम कहानी पनि कस्तो ?
आज यो समय यस्तै स्वार्थले भरिएका, तुच्छ, भ्रष्ट, अनैतिक, अमानवीय सम्बन्धहरू बोकेर हिंडिरहेछ । अनि यस्तै तुच्छ सम्बन्धहरूलाई ‘प्रेम’ भन्नु परिरहेको छ । सच्चा प्रेम न त कहिल्यै टुट्छ, न त कुनै स्वार्थले त्यसलाई हल्लाउन सक्छ । त्यो बगिरहन्छ निरन्तर । नदी जस्तै । बाढी आवस कि खडेरी । उसको काम बग्ने हो निस्वार्थ ।
तर आज सेभ मी उपन्यासकी पात्र रूविको प्रेम ढले जस्तै जताततै ढलिरहेछन् प्रेमील कथाहरू । समयहरू । अनि तिनै ढलेका, ढल्न लागेका कथालाई ‘साँचो प्रेम’ भनेर प्रशिक्षण दिइन्छ । तिनै ‘झुटा कथा’ बोकेर मान्छेहरू पार्टी कार्यालय जान्छन् । चुनावमा जान्छन् । भोट माग्छन् । भोट जित्छन् । अनि तिनै जनताका घरमा जान दलबलको सहायता दिन्छन् । अनि प्रेम कहानी भन्छन् ।
अनि त्यही कहानी पत्याउन बाध्य भीड जन्माउँछन् दिनदिनै ।
हैट !
जर्मनीको समाजको कथाले हाम्रो आप्mनै समाजको कथा पनि बोकेको पाउँदा हर्षित छु ।
दमक, झापा

Author

You may also like