:– दिलिप पराजुली–:
कतार/ कतार नेपालीका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य हो । यसलाई मिनी नेपाल भनेर पनि भन्ने गरिएको छ । रोजीरोटीका लागि घर, समाज, परिवार र देश छोडेर पुगेका नेपाली नेपाली कला, संस्कृति र संस्कार पनि सँगै लिएर गएका मात्र छैनन त्यहाँको समाजमा समेत नेपाली कला संस्कृतिको उत्थान र जगेर्नाका लागि अनेकन प्रयास र प्रयत्न गरिरहेका छन् । अहिले पछिल्लो समयमा संखुवासभा सेवा समाज कतारले नेपाली मौलिक नौमती बाजा (पञ्चेबाजा) भित्र्र्याएर दर्जनौं संस्थाहरुले आयोजना गर्ने कार्यक्रमबाट निःशुल्क सेवा दिइरहेको छ । नेपाली मौलिक बाजालाई विश्व सामु पु¥याउने लक्ष्य मात्र राखेको छैन स्लोगन समेत संखुवासभालीको पहिचान !! बिश्व सामु चिनाउने हाम्रो अभियान !! भन्ने राखेर नौमती बाजाको संरक्षणमा जुटेको छ । यहि क्रममा पञ्चेबाजा भित्र्र्याएको अवसरमा एक छुट्टै कार्यक्रमको आयोजना गरेर बाजा लञ्च गरिसकेको छ ।
संखुवासभाबाट कतारमा आएर रोजीरोटी गरिरहेका दाजुभाई तथा दिदीबहिनीलाई परेका अप्ठ्यारा फुकाउँदै आफ्नो जिल्ला संखुवासभा र देशलाई दुखेको बेलामा सामाजिक अभियानका अनेकन प्रयास र प्रयत्न गर्दै आएको यस संस्थाले पञ्चेबाजा भित्र्र्याएर सबैको ध्यान आकर्षित गरेको छ । उक्त बाजा निःशुल्क रुपमा बजाउने जमर्को समेत गरेको उक्त कार्यक्रममा बताइएको छ ।
कतारस्थित सनैयाको संखुवासभा सेवा समाजका संरक्षक पर्शुराम दाहालको लाली गुराँस रेष्टुरेन्टमा सो पञ्चे बाजा लञ्चको कार्यक्रम सम्पन्न भएको छ । सोही दिनदेखि बाजा भित्र्याएको संखुवासभा सेवा समाजका संरक्षक समेत रहेका दाहालले बताए । सो बाजा कतारमा भित्र्र्याउन संरुक्षण र प्रवद्र्धनमा समेत उत्तिकै योगदान दिएका कतारस्थित नेपाली नियोगका प्रथम सचिव कृष्णकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रमा प्रदर्शन तथा लञ्च गरेर बाजालाई कतारमा संस्थागत रुपमा अगाडि बढाइएको संरक्षक दाहालको भनाई छ । कतारमा पञ्चेबाजा भित्रिएको सन्दर्भमा प्रदर्शनीकै रुपमा लिइएको उक्त कार्यक्रम शुभारम्भ सोही पञ्चेबाजाबाट सुरु गरिएको थियो । कृसुले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । लोपोन्मुख हुँदै गरेको मौलिक पञ्चेबाजालाई संखुवासभा समाज कतारले कतार जस्तो देशमा ल्याएर प्रदर्शन गरिरहेको यो कार्यलाई उपस्थित सबैले प्रशंसा गरेका थिए । मौलिक पञ्चेबाजाको तालमा राती ११ बजेसम्म उपस्थित सम्पुर्णले नाचगान गरेर आनन्द लिएको दाहालले सुनाए ।
(पराजुली पत्रकार महासंघ कतार शाखाका महासचिव हुन)