दमक । दमक–५ स्थित राधाकृष्ण किर्तन मण्डलीको दोस्रो साधारणसभाबाट पुनः इन्दिरा बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । सो साधारणसभाले उपाध्यक्षमा कमला भण्डारी, सचिवमा सावित्रा बुढाथोकी, सहसचिवमा घनेन्द्र भट्टराई र कोषाध्यषमा मिना बस्नेतलाई चयन गरिएको छ ।
यसैगरी चयन गरिएका समिति सदस्यहरुमा बन्दना खड्का, टिका अधिकारी रहेका छन् । यसै गरी सल्लाहकार समिति संयोजकमा टेकेन्द्र बुढाथोकी र सदस्यमा हिन्द बहादुर बुढाथोकी, तुलसी अधिकारी रहेका छन् । तथा लेखा समिति संयोजकमा विश्वमणी खतिवडा र सदस्यहरुमा चेतन तिवारी र रेनुका सिटौला रहेका छन् । दमक नगरपालिका वडा नं. ५ का कार्यवाहक वडाअध्यक्ष खड्गबहादुर राईको प्रमुख आतिथ्यता तथा वडा नं. ५ का सचिव निधीनारायण ढुंगेलको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
मौजुदा कार्यसमिति अध्यक्ष इन्दिरा बुढाथोकीको अध्यक्षतामा आयोजित सो साधारणसभाले १४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ ।

Author

You may also like