अर्थ देश–समाज राष्ट्रिय समाचार स्थानीय स्वास्थ्य

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

बाजुराको बाम्का बजारमा आगलागी
दमक । बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा शुक्रबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘यो समाचार तयार पर्दासम्म आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने । एक लाइनमा करिब ३०–३५ पसल थिए ।
ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।

चट्याङबाट चौधको मृत्यु
दमक÷ प्राकृतिक विपद्का जोखिमपूर्ण घटनाहरूमध्ये चट्याङ पनि एक हो । वर्षेनी चट्याङबाट धेरै मानिसको अकालमै ज्यान गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि जेठ २२ गते बिहिवारसम्म देशभर चट्याङका १०२ वटा घटनाबाट १४ जनाको मृत्यु भइसकेको छ । यसबाट ७५ जना घाइते भएको प्राधिकरणले जनाएको ।
चट्याङविज्ञका अनुसार बढी वैशाख, जेठ र भदौ महिनामा चट्याङ पर्छ । अत्यधिक मात्रामा वैशाख–जेठमा पर्ने र असार–साउनमा बादल भए पनि कम चट्याङ पर्ने सम्भावना हुन्छ ।
यस वर्षको मनसुन नेपालमा भित्रिसकेको छ । यो बेला भारी वर्षा, बाढी, पहिरो, डबान, चट्याङलगायतका घटना हुन्छन् । चट्याङ लागेपछि कतिपय सर्वसाधारण डरले आत्तिने गर्छन् । प्राधिकरणका अनुसार चट्याङ लाग्दा यी सुरक्षित उपाय अपनाउन सकिन्छ ।

महाधिवेशनको माग गर्दै तरुण दलको प्रदर्शन
दमक÷ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा विज्ञान गुरुङको नेतृत्व भंग गरेर महाधिवेशन गर्नुपर्ने माग गर्दै शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिएको छ । उनीहरुले पुरानो कार्यसमिति भंग र नयाँ कार्यसमितिका लागि महाधिवेशन गर्नु पर्ने माग सँगै नाराबाजी गरेका थिए । यसअघि तरुण दलले आज बृहत मोटरसाइकल ¥याली निकालेको थियो । पुरानो बानेश्वरबाट सुरु गरिएको मोटरसाइकल ¥याली सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरसम्म पुगेको थियो ।

बाथरुममा चिप्लिएर एकको मृत्यु
कमल । बाथरुममा चिप्लिएर झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बाथरुममा लढेका कमल गाउँपालिका वडा न. २ तोपगाछी बस्ने ९३ बर्षका नन्द प्रसाद पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पतालमा ल्याइएको थियो । बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागी उनलाई बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो ।

चार्जिङ स्टेशनमा करेन्ट लाग्दा यादवको मृत्यु
विराटनगर÷ सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लागेर विराटनगरमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको स्टेशनमा सीटी सफारी (ई–रिक्सा) चार्ज गर्ने क्रममा यादवलाई बिहीबार दिउँसो ३ः१५ बजेतिर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । उक्त चार्जिङ स्टेशन कमलदेव यादवले सञ्चालन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरूलाई अध्ययनस“गै उद्यमशीलता
दमक÷झापाको दमक १० मा रहेको सिंहदेबि माध्यामिक विद्यालयमा किताबी ज्ञानसगै उद्यमशील बनाउने कार्यक्रम शुरु गरेको छ । विद्यालयस्तरबाट विद्यार्थीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक हरिनारायण अधिकारीका अनुसार कक्षा १० का ३० जना विद्यार्थीहरुलाई ५ वटा समुहमा विभाजन गरि व्यवसायिक अवधारणा अघि सारिएको छ । जसमध्ये उत्कृष्ट व्यवसायिक योजना पेश गर्ने तीन समुहका १८ जना विद्यार्थीहरुलाई इनसियुरको आर्थिक सहयोगमा ७ हजारका दरले रकम हस्तान्तरण गरिने प्रअ अधिकारीले जानकारी दिए । उत्कृष्ट योजना पेश गरि छनौट परेका तीन समुहका विधार्थीहरु सो रकमबाट उघमशिल ब्यबसाय संचालन गर्नु पर्ने प्राधानाध्यक अधिकारीले जानकारी दिए । यो कार्यक्रमले भविष्यमा विद्यार्थीहरुलाई उद्यमी बन्नसहयोग पुग्ने विद्यालयका प्रअ अधिकारीले बतााए ।

Author

You may also like