देश–समाज समाचार स्थानीय

अपांगताहरुलाई आवश्यक सामाग्री वितरण

दमक/ दमक नगरपालिकाले अपांगता खेपिरहेका व्यक्तिहरुका लागि स्वास्थ्य सहायक सामाग्री आवश्यकता पहिचानका लागि नाप जाँचसहित सामग्री उपलब्ध गराएको छ। दमक नगरपालिकाका स्वास्थ्य शाखाद्धारा मंगलबार नगरपालिकाको हलमा आयोजित सो कार्यक्रम नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, स्वास्थ्यकर्मीसहित लक्षित वर्गका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले अपांगता भन्न पनि असहज हुने र उहाँहरुको लागि यो कार्यक्रम गरिरहँदा ठूलो गुन लगाएको जस्तो नलागेको र यहाँ जीवनमा यस्तो नआइदिएको भए मात्र हामी खुशी हुन्थ्यौ । विभिन्न कारणले अलिक फरक क्षमता भएको नगरबासीको सुखदुःखमा हामी उभिन सक्छौं कि सक्दैनौं भनेर हामी लागिरहेका छौं । शिक्षा र स्वास्थ्यका हिसाबले सम्भव हुनेसम्मको सेवा प्रवाहमा प्रयास गरिरहेको उनले बताए । (क) वर्गका अपांगता भएका शारिरीक अपांगता भएका व्यक्तिलाई घरघरमै गएर सेवा गरिरहेको उनले बताए ।


अपांगता खेपिरहेका व्यक्तिहरुको आवश्यकता अनुसारका सामग्रीका पहिचान गरी उनीहरुको नापजाँच गरेर सोही अनुसार वितरण गर्ने कार्यक्रम रहेको उपप्रमुख भट्टराई प्रसाईले बताईन । उनले जसलाई जे आवश्यकता छ उहाँहरुको खाना, बाच्न, उपचार लिन सरकारका तर्फबाट पहल गर्नुपर्ने, मानिसलाई जीउनको लागि व्यवस्थापन गरिदिनुपर्छ, जन्मसँगै उसको अधिकारको संरक्षण, सम्बद्धसहित आयआर्जनमा जोड्न नगरपालिका हरदम तयार रहेको र सोही अनुसारका गतिविधि गर्दै आएको र गरिरहने बताईन ।

Author

You may also like