देश–समाज मुख्य समाचार स्थानीय

मंगलमय टोलद्वारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

दमक/ कमल ५ स्थित मंगलमय टोल विकास संस्थाले शनिबार वडादशै, शुभदिपावली तथा छैठ पर्व २०८१ का अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पाडाजुंगीस्थित आँखीझयाल होटलको सभाहलमा शनिबार कार्यक्रम गरि जनप्रतिधिसहित वडाका टोल विकास संस्थाका प्रतिनिधिहरु वीच एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो । संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षता तथा कमल ५ का वडाअध्यक्ष एलवी विष्टको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदानमा वडा भित्रका विभिन्न ८ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । उनीहरुले चाडपर्वलाई तड्कभड्क नगरेर संस्कृतिमूलक ढंगले मनाउनु पर्ने औल्याएका थिए ।
संस्थाका सचिव तुलसी तिवारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष विष्ट, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य विष्णु सुब्बा, मंगलमय टोल विकास संस्थाका सल्लाहकार संयोजक धर्मराज बस्नेत,डिपीएल कमलका अध्यक्ष संजीव पाठक, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारी लगायतले बोलेका थिए  । यसैगरी, नवदुर्गा टोलका अध्यक्ष तारा खड्का, गुहेश्वरी टोलका सचिव नवीन भट्टराई,फक्तालुङ टोलका अध्यक्ष टेकबहादुर नेम्बाङ, चोलुङ टोलका उपाध्यक्ष खड्गमान सम्बाहाम्फे, सितापुरी टोलका अध्यक्ष टोम बाँस्कोटा लगायतले चाडपर्वको शुभकामनासंगै टोलविकास संस्थाहरुले गरिआएको कामका विषयमा जानकारी गराएका थिए ।

Author

You may also like