मुख्य

दाहाल प्रतिष्ठानको चौथो महाधिवेशन माघ १६ देखि

दमक/ वत्स गोत्रीय दाहाल बन्धुहरुको साझा संस्था ‘दाहाल प्रतिष्ठानको चौथो केन्द्रीय महाधिवेशन आज माघ १६ गतेबाट दमक–४ स्थित प्रतिष्ठानको केन्द्रीय कार्यालय परिसरमा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । केन्द्रीय समितिको अन्तिम बैठक आइतबार सम्पन्न भयो । महाधिवेशनमा भाग लिनका लागि सहभागीहरुको आउने क्रम जारी रहेको आयोजक समितिले बताएको छ ।
केन्द्रीय सम्पर्क समिति गोठाटार, काठमाडौं, ७ प्रदेशका प्रदेश समिति, देशका विभिन्न स्थानमा रहेका ६७ शाखा समिति, भारतको सिक्किम, चुनपुरा सदियाका शाखा समिति, पूर्वोत्तर राज्य समिति आसाम लगायतका गरी २ हजार बढी सहभागीहरुको उपस्थित हुने अनुमान गरिएको छ । महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न र सहभागीहरुको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ, जसअनुसार लक्ष्मण खत्री दाहालको संयोजकत्वमा भगवती दाहाल, हरि दाहाल, बलभद्र दाहाल र नारायण दाहाल सदस्य रहेको खाद्यान्न उपसमिति, यिशुराज दाहालको संयोजकत्वमा नारायणचन्द्र दाहाल र पारषमणि दाहाल सदस्य रहेको आर्थिक उपसमिति, शालिग्राम दाहालको संयोजकत्वमा दुर्गाप्रसाद दाहाल, पुण्यप्रसाद दाहाल, रामबाबु दाहाल र कमलराज दाहाल सदस्य रहेको पुरस्कार वितरण उपसमिति, हिमा (कविता) खतिवडा दाहालको संयोजकत्वमा रुद्र प्रसाद (रुपक) दाहाल, सरिता खतिवडा दाहाल, मनोहरी दाहाल, भिमप्रसाद दाहाल, चन्द्रा दाहाल, बलराम दाहाल र टिका न्यौपाने दाहाल सदस्य रहेको आवास उपसमिति, केशव दाहालको संयोजकत्वमा रामकुमार दाहाल र चिन्तामणि दाहाल सदस्य रहेको निर्वाचन समिति, सूर्यकुमार दाहालको संयोजकत्वमा गञ्जबहादुर दाहाल, राकेश दाहाल, नारायणचन्द्र दाहाल र महेश दाहाल सदस्य रहेको संचार उपसमिति, बलराम दाहालको संयोजकत्वमा मोहन प्रसाद दाहाल, भानुभक्त दाहाल, चन्द्र प्रसाद दाहाल र उर्मिला दाहाल सदस्य रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति, शालिग्राम दाहालको संयोजकत्वमा दुर्गाप्रसाद, कमल प्रसाद दाहाल, पुण्यप्रसाद दाहाल, लक्ष्मी प्रसाद दाहाल, यिशुराज दाहाल र देवी दाहाल सदस्य रहेको प्रतिवेदन उपसमिति, दुर्गाप्रसाद दाहालको संयोजकत्वमा कमल प्रसाद दाहाल, पुण्यप्रसाद दाहाल, नारायणचन्द्र दाहाल, शिवहरी दाहाल र सूर्यकुमार दाहाल सदस्य रहेको विधान मस्यौदा उपसमिति, नेत्रप्रसाद दाहालको संयोजकत्वमा लक्ष्मी प्रसाद दाहाल र हरिहर दाहाल सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति तथा नारायण प्रसाद दाहालको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक उपसमिति रहेका छन् ।
प्रतिष्ठानमा करिब ५५ सय आजीवन सदस्य रहेका छन् । महाधिवेशमा संस्थाको प्रतिवेदन पास भएपछि विधान संशोधन गरिने छ । अब चयन हुने नेतृत्व सकेसम्म सर्वसम्मत हुने र नभएको अवस्थामा निर्वाचनका लागि आवश्यक तयारी गरिएको पनि उनले बताए । नयाँ कार्यसमितिले ५ वर्षे कार्ययोजना बनाउने र दाहाल बन्धुहरुको संस्कार र संस्कृतिको संरक्षण गर्ने पनि उनको भनाई छ । यसका साथै दाहाल बन्धुहरुले विभिन्न ठाउँमा स्थापना गरेका संस्थाहरुलाई एकीकृत गर्दै लैजाने प्रतिष्ठानको योजना रहेको सहअध्यक्ष दुर्गा प्रसाद दाहालले बताएका छन् ।
यसैगरी दाहाल प्रतिष्ठान मातहातमा रहने गरी विभिन्न दाताहरुबाट विभिन्न कोषहरुको नामाकरण गरी लगभग ८५ लाखको अक्षयकोष स्थापना गरिएको छ । सो रकमको व्याजबाट विभिन्न क्षेत्रमा पुरस्कार, सम्मान तथा सहयोग गर्ने गरिएको छ । यो महाधिवेशनमा बद्रीप्रसाद पहाडी परिवारद्वारा स्थापना गरिएको पद्म प्रसाद–कृष्णकुमारी दाहाल स्मृति कोषबाट विराटनगर–५ स्थित पाणिनी संस्कृत विद्यालयलाई नगद १ लाख पुरस्कार प्रदान गरिँदैछ । त्यसैगरी सो स्मृति कोषमा जम्मा गरिएको रकमको व्याजबाट अन्य ६ जना प्रतिभाहरुलाई जनही नगद ११ हजार १ सयले सम्मानित तथा पुरस्कृत गरिँदैछ । जसमा झापाका रंगकलाकर्मी कृष्ण अनमोल सुन्दास, कवि विन्दु दाहाल मूकदर्शक, मोरङका लोकभाकाका प्रतिभा भक्ति दाहाल र उपन्यासकार लक्ष्मी चौधरी ‘युग्मी’, सुनसरीका नेपाली–हिन्दी–मैथिली भाषाका काव्यकार पुजा बहार गुप्ता र बारा निजगढका गजलकार सरु बस्नेतलाई सम्मानित एवं पुरस्कृत गरिँदैछ । पण्डित जानकीबल्लभ दाहाल परिवारद्वारा स्थापना गरिएको जानकीबल्लभ दाहाल सेवा कोष पुरस्कारबाट पण्डित गायत्री प्रसाद दाहाल र पण्डित दिपक दाहाललाई जनही ११ हजार १ सय नगदसहित सम्मानित गरिँदैछ । त्यसैगरी पुण्यप्रसाद दाहाल परिवारबाट स्थापना गरिएको हरिप्रसाद–गौरादेवी दाहाल सेवा अक्षयकोषबाट ह्वील चेयरबाट पत्रपत्रिका बिक्री गर्ने भिम सार्कीलाई ११ हजार १ सय नगदबाट प्रोत्साहन गरिँदैछ भने जेसिका कार्की डोली, विष्णु रिजाल र घनश्याम निरौलालाई छात्रवृत्ति स्वरुप ५ हजार १ सय जनही प्रदान गरिँदैछ । दुर्गाप्रसाद दाहाल परिवारबाट स्थापना गरिएको दुर्गाप्रसाद–धनादेवी दाहाल सेवा अक्षयकोषबाट दिप्ती धिमाललाई ११ हजार १ सय नगदको प्रोत्साहन पुरस्कार प्रदान गरिँदैछ भने दिक्षा दाहाल र शिक्षा दाहाललाई जनही ५ हजार १ सयका दरले छात्रवृत्ति प्रदान गरिँदैछ । प्रतिष्ठानमा जम्मा भएको अक्षयकोषको रकमको कतिपय व्याजबाट यसअघिनै विभिन्न शाखाका गतिविधिहरुमा पुरस्कार, सम्मान र सहायता प्रदान गरिएको छ ।

Author

You may also like