झन्डै एक वर्ष अगाडि श्रीलंकामा भएको राजनीतिक घटनाक्रम र तख्तापलट पछि बंगलादेशमा देखिएको हसीना वाजेद सरकार विरोधी उग्र र हिंसक आन्दोलनबाट सृजना भएको राजनीतिक अस्थिरताको वातावरणले यस क्षेत्रकै स्थायी शान्ति, विकाश र लोकतन्त्रको लागि ठूलो चुनौति बन्न सक्ने सम्भावना बढ्दै गइरहेको छ । बैश्विक रुपमै देखिएको अराजक र विध्वंसक राजनैतीक मुद्दाहरुको उठानले विश्वका कैयौँ लोकतान्त्रिक मुलुकहरुलाई नस्लिय, जातिय, क्षेत्रिय र धार्मिक चक्रव्युहमा फसाँउदै नयाँ नयाँ किसिमका समस्याहरु र बखेडाहरु खडागरी मुलुक भित्रका स्थाई राजनीतिक शक्तिहरुको सामर्थ्यलाई कमजोर बनाउन सक्ने अवस्थाहरु सृजना हुन सक्ने प्रबल सम्भावना रहेको छ । खास गरी दोस्रो विश्व युद्ध पछि जन्मेका राष्टूहरुमा हिंसाको महा तांडव हुने र विश्वको बहुधार्मिक तथा बहु सांस्कृतिक जनसांख्यिक बनोटमा ठूलो परिवर्तन हुन सक्ने परिस्थितिहरु बन्दै गइरहेको छ । यहुदी बहुल ईसराइल र ईस्लामिक फिलिस्तिन बिचको युद्धमा अन्य इस्लामिक मुलुकहरु पनि हात हालाहाल गर्न थालेपछि आत्मघाती युद्ध विनाशकारी रुप लिन थालेको छ । अतिवादी धार्मिक समुहहरुले विश्वलाई नै धार्मिक युद्धको आगोमा झोंस्ने असफल प्रयाशहरुलाई निरन्तरता दिइनै रहेको छ । रुस र युक्रेन बिचको युद्ध परमाणु युद्धको महाविनाशकारी चरणमा प्रवेश गरिसकेको सैन्य रणनीतिक विश्लेसकहरुको आंकलन रहेको छ । विश्वका ठूला ठूला राजनेताहरुले पनि मानवतावादी विचारको पृष्ठपोषण गर्नु भन्दा साम दाम दंड र भेदमा आधारित आत्म केन्द्रित निहित स्वार्थको बशिभूत भएर आफ्नो हितलाई मात्र सर्वोपरी ठान्दा अरुको हित र कल्याणलाई परिमापण गर्न सकेका छैनन् । स्वतन्त्रता, आर्थिक विकास र मानविय मुल्य मान्यता तथा राष्टिूय पहिचानलाई संरक्षण गर्ने सवालमा विकासशील राष्टूहरु निक्कै नै पिछाडि रहेका छन् । गरिबी, लाचारी र लोकतान्त्रिक अधिकारहरुको सवालमा कतिपय विकासशील देशहरु भित्रै पनि कचिङगल सुरु हुने अवस्था विधमान छ । असल राजनीतिक संस्कारहरुको अझै विकाश हुन सकेको छैन । राजनीतिक अदुरदर्शीता, असक्षमता र चरम स्वार्थिपनाको कारणले राजनीतिक दलहरुभित्रै पनि ठूलो ठूलो राजनीतिक बवण्डरहरु जन्म हुन थालेको छ ।
रुस र युक्रेन बिचको युद्ध परमाणु युद्धको महाविनाशकारी चरणमा प्रवेश गरिसकेको सैन्य रणनीतिक विश्लेसकहरुको आंकलन रहेको छ ।
नेपाल पनि विश्वका अन्य अन्य देशहरु संगको राजनीतिक दशा र दिशा बाट अभिप्रेरित रहेकोले नेपालका छिमेकि देशहरुमा घट्ने गरेका घटनाहरुको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनाहरु व्यक्त गर्न थालिएको छ । नेपालका नागरिकहरु पनि एक अर्काको देशमा आवत जावत गरि रहेका भेटिन्छन् । विदेशी नागरिकहरु पनि देश भित्र विभिन्न उद्देशयका साथ आइरहेका हुन्छन् । यस्तो अवस्थामा एउटा देश भित्र भएको राजनीतिक परिवर्तनले अर्को देशमा पनि राजनीतिक परिवर्तन गराउनका लागि दवाव सृजना गर्न सक्ने प्रसस्त आधारहरु भेटाउन सकिन्छ । नेपाल एउटा बहुजातीय, बहुभषिक र बहुधार्मिक देशको पहिचान बनाएर धर्म निरपेक्ष राष्टूको रुपमा राष्ट्रिय एकता र अखण्डताको प्रवर्धन गरिरहेको छ । नेपाल परापुर्व काल देखि नै सनातन हिन्दु धर्म र संस्कृतिलाई संरक्षण गरिरहेको भएपनि नेपालमा गैर हिन्दु धर्मावलम्बीहरुको धर्म र संस्कृति पुर्ण स्वतन्त्रताका साथ फस्टाइ रहेको अवस्था विधमान छ तर नेपालकै छिमकी देशहरु पाकिस्तान र बांगलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरुप्रति कट्टर इस्लामिक समुहहरुले देखाएको असहुष्णु व्यवहार, धार्मिक उन्माद र मानवताका सर्तहरुबाट खसालिएका घृणित कृयाकलापहरुले गर्दा त्यहाँका एक करोड तीसलाख भन्दा बढी हिन्दु अल्प संख्यक धार्मिक समुदायहरुमा मर्नु न बाँच्नुको अवस्था सृजना भइरहेको छ । उनीहरुका पुजा स्थलहरु तथा धार्मिक आस्थाका केन्द्रहरु माथि लगातार आक्रमणहरु भइरहेको छ । अनेकौँ हिन्दु महिलाहरुको चीरहरण गरिएको खबरहरु सुनिन्छ । हिन्दुहरुको ठूला ठूला व्यापारीक प्रतिष्ठान र पुस्तैनी घरहरुमा आगो लगाइँदैछ । सरकारका हिन्दु कर्मचारीहरुलाई बलजफ्ति राजिनामा गर्न लगाइँदैछ । बाँगलादेशका जेलहरुमा आममाफी पाएर निसकेका आतंकवादी र अपराधिहरु जिहादी इस्लामिक राजनीतिक समुहरुसंग आबद्ध भई हिन्दु समुदायमाथि जघन्य र बर्बर हिँसा मचाइरहेका छन् । आतंकवादी समुहहरुले नै सरकारलाई समर्थन गरेको हुनाले सरकारले अपराधहरुलाई नियन्त्रण गर्न प्रभावकारी भुमिका निर्वाह गर्न सकेका छैनन् । यस्तो किसिमको भूजटिलता र राजनीतिक धर्मान्धताका बाछिटाहरु बाँगलादेश बाहिर पनि देखा पर्न सक्छन् भनेर छिमेकि देशहरुले पनि पूर्व सतर्कता अपनाउनु जरुरी छ । बांगलादेशी रोहिंगिया मुसल्मानहरु जहाँ जहाँ शरणार्थी भएर छिर्दैछन् , त्यहाँ त्यहाँको जनसांख्यिक र सांस्कृतिक बनोटमा ठूलो परिवर्तनहरु देखा पर्न थालिसकेको छ । बांगलादेशी रोहिंगिया सरणार्थिहरु आफ्नो पहिचान लुकाएर बसेका भेटिन सक्छन् । रोहिंगिया शरणार्थीहरुले गर्दा म्यानमार, श्रीलंका, भारत लगायतका देशहरुमा आज ठूलो चिन्ताको विषय बनेको छ । सरकारले चनाखो भइ रोहिंगिया सरणार्थिहरुलाई कानुनी दायरामा ल्याउनु जरुरी छ । देशको सांस्कृतिक र विविधतापुर्ण सामाजिक एकताको लागि विदेशी घुषपैठीया र असहिष्णु, उन्मादि धार्मिक समुहहरुबाट देश र समाजलाई जोगाउनु जरुरी छ ।
नेपालको बिराटनगर, दुहबी, ईनरवा, धरान, जनकपुर, विरगंज, नेपालगंज, काठमाण्डौँ लगायतका सहरहरुमा मुस्लिमहरुको जनसांख्यिक बनोटमा आकाश पातालको अन्तर देखा पर्न थालेको छ । नेपालका गाउँ गाउँमा इस्लामिक देशहरुको ढाँचा अनुसारको धार्मिक र सामाजिक तथा सांस्कृतिक संरचनाहरु निर्माण हुन थालेको छ । जसले गर्दा नेपाल जस्तो सानो देशमा पनि साम्प्रदायिक सौहार्दता बिग्रिनसक्ने कुराहरुबाट इन्कार गर्न सकिँदैन । नागरिकहरुको जीउ धनको सुरक्षा गर्ने तथा संस्कृतिको संरक्षण गर्ने जिम्मा सरकारको भएकोले सरकारले नै नागरिक हरुमा असल संस्कारको गुण भर्नु पर्ने जिम्मेवारी प्रतिको दायित्व बोध महसुस गर्नु पर्दछ ।
नेपालकै भूमि र आकाश प्रयोग गरि उग्रबादी इस्लामिक समुहहरुले काठमाण्डौँबाट इन्डियन एयरलाइन्सको विमान अपहरण गरि अफ्गानस्तानको कांधारसम्म पुर्याएको थियो जसलाई मुक्त गराउन भारत सरकारलाई ठूलो सकस परेको थियो । भारत सरकारले विमान अपरहणकर्ताले राखेका सर्त बमोजिम भारतका विभिन्न जेलमा बन्दी बनाइ राखिएका चरमपन्थी इस्लामिक आतंकवादीहरुलाई कांधारमा लगेर उनिहरुलाई छोडेपछि मात्र सयौँ यात्रु सहितको इन्डियन एयरलाइन्सको विमान भारतले फिर्ता लान पाएको थियो । तसर्थ, यसता घटनाहरु पुनः नदोहोरियुन् भनेर नेपालका सुरक्षा निकायहरुले पुर्ण सतर्कता अपनाउनु जरुरी छ ।
सामाजिक सद्भाव बिगार्ने र दुइवटा जातीय र धार्मिक समुदाय बीच फाटो पैदा गराउने तत्वहरुमाथि सरकार र सामाजिक संस्थाहरुले समेत सचेतना फैलाउनु जरुरी छ । विश्व राजनीतिको परिवर्तित घटना क्रमले नेपालको सेक्युलरिज्मलाई आफ्नो आफ्नो धर्म प्रचारको माध्यमको रुपमा मात्र लिइएको पाइन्छ । नेपालको सेक्युलरिजम, नेपाल र नेपालीको भविष्य जोगाउन घाँटिमा अड्केको हाड नबनोस् भन्ने कुरामा सबै धर्म र संस्कृतिका असल विचारहरुले विचार पुर्याउनु जरुरी छ । हिन्दुहरुले सरण दिएर संरक्षण गरेको धर्म संस्कृति र विचारहरु आज सनातन हिन्दु धर्मावलम्बीहरुकै लागि प्रत्युत्पादक बन्दै गइरहेको छ । विश्वमा बढ्दै गइरहेको धार्मिका अतिवाद र घृणाको सिद्धान्तलाई मलजल गर्ने धर्म, विचार, संस्कृति र संगठनलाई कठोरतापुर्वक देशको भुगोल र पहिचान अनुसार पुनः परिभाषित गर्नु जरुरी छ । नेपालको सेक्युलरीज्म भित्र नेपालीपनको भावनाको विकास हुनु जरुरी छ अनि मात्र हामी पनि जोगिने छौँ र अरुलाई पनि जोगाउन समर्थ बन्ने छौँ ।रुस र युक्रेन बिचको युद्ध परमाणु युद्धको महाविनाशकारी चरणमा प्रवेश गरिसकेको सैन्य रणनीतिक विश्लेसकहरुको आंकलन रहेको छ ।
नेपाल पनि विश्वका अन्य अन्य देशहरु संगको राजनीतिक दशा र दिशा बाट अभिप्रेरित रहेकोले नेपालका छिमेकि देशहरुमा घट्ने गरेका घटनाहरुको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनाहरु व्यक्त गर्न थालिएको छ । नेपालका नागरिकहरु पनि एक अर्काको देशमा आवत जावत गरि रहेका भेटिन्छन् । विदेशी नागरिकहरु पनि देश भित्र विभिन्न उद्देशयका साथ आइरहेका हुन्छन् । यस्तो अवस्थामा एउटा देश भित्र भएको राजनीतिक परिवर्तनले अर्को देशमा पनि राजनीतिक परिवर्तन गराउनका लागि दवाव सृजना गर्न सक्ने प्रसस्त आधारहरु भेटाउन सकिन्छ । नेपाल एउटा बहुजातीय, बहुभषिक र बहुधार्मिक देशको पहिचान बनाएर धर्म निरपेक्ष राष्टूको रुपमा राष्ट्रिय एकता र अखण्डताको प्रवर्धन गरिरहेको छ । नेपाल परापुर्व काल देखि नै सनातन हिन्दु धर्म र संस्कृतिलाई संरक्षण गरिरहेको भएपनि नेपालमा गैर हिन्दु धर्मावलम्बीहरुको धर्म र संस्कृति पुर्ण स्वतन्त्रताका साथ फस्टाइ रहेको अवस्था विधमान छ तर नेपालकै छिमकी देशहरु पाकिस्तान र बांगलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरुप्रति कट्टर इस्लामिक समुहहरुले देखाएको असहुष्णु व्यवहार, धार्मिक उन्माद र मानवताका सर्तहरुबाट खसालिएका घृणित कृयाकलापहरुले गर्दा त्यहाँका एक करोड तीसलाख भन्दा बढी हिन्दु अल्प संख्यक धार्मिक समुदायहरुमा मर्नु न बाँच्नुको अवस्था सृजना भइरहेको छ । उनीहरुका पुजा स्थलहरु तथा धार्मिक आस्थाका केन्द्रहरु माथि लगातार आक्रमणहरु भइरहेको छ । अनेकौँ हिन्दु महिलाहरुको चीरहरण गरिएको खबरहरु सुनिन्छ । हिन्दुहरुको ठूला ठूला व्यापारीक प्रतिष्ठान र पुस्तैनी घरहरुमा आगो लगाइँदैछ । सरकारका हिन्दु कर्मचारीहरुलाई बलजफ्ति राजिनामा गर्न लगाइँदैछ । बाँगलादेशका जेलहरुमा आममाफी पाएर निसकेका आतंकवादी र अपराधिहरु जिहादी इस्लामिक राजनीतिक समुहरुसंग आबद्ध भई हिन्दु समुदायमाथि जघन्य र बर्बर हिँसा मचाइरहेका छन् । आतंकवादी समुहहरुले नै सरकारलाई समर्थन गरेको हुनाले सरकारले अपराधहरुलाई नियन्त्रण गर्न प्रभावकारी भुमिका निर्वाह गर्न सकेका छैनन् । यस्तो किसिमको भूजटिलता र राजनीतिक धर्मान्धताका बाछिटाहरु बाँगलादेश बाहिर पनि देखा पर्न सक्छन् भनेर छिमेकि देशहरुले पनि पूर्व सतर्कता अपनाउनु जरुरी छ । बांगलादेशी रोहिंगिया मुसल्मानहरु जहाँ जहाँ शरणार्थी भएर छिर्दैछन् , त्यहाँ त्यहाँको जनसांख्यिक र सांस्कृतिक बनोटमा ठूलो परिवर्तनहरु देखा पर्न थालिसकेको छ । बांगलादेशी रोहिंगिया सरणार्थिहरु आफ्नो पहिचान लुकाएर बसेका भेटिन सक्छन् । रोहिंगिया शरणार्थीहरुले गर्दा म्यानमार, श्रीलंका, भारत लगायतका देशहरुमा आज ठूलो चिन्ताको विषय बनेको छ । सरकारले चनाखो भइ रोहिंगिया सरणार्थिहरुलाई कानुनी दायरामा ल्याउनु जरुरी छ । देशको सांस्कृतिक र विविधतापुर्ण सामाजिक एकताको लागि विदेशी घुषपैठीया र असहिष्णु, उन्मादि धार्मिक समुहहरुबाट देश र समाजलाई जोगाउनु जरुरी छ ।
नेपालको बिराटनगर, दुहबी, ईनरवा, धरान, जनकपुर, विरगंज, नेपालगंज, काठमाण्डौँ लगायतका सहरहरुमा मुस्लिमहरुको जनसांख्यिक बनोटमा आकाश पातालको अन्तर देखा पर्न थालेको छ । नेपालका गाउँ गाउँमा इस्लामिक देशहरुको ढाँचा अनुसारको धार्मिक र सामाजिक तथा सांस्कृतिक संरचनाहरु निर्माण हुन थालेको छ । जसले गर्दा नेपाल जस्तो सानो देशमा पनि साम्प्रदायिक सौहार्दता बिग्रिनसक्ने कुराहरुबाट इन्कार गर्न सकिँदैन । नागरिकहरुको जीउ धनको सुरक्षा गर्ने तथा संस्कृतिको संरक्षण गर्ने जिम्मा सरकारको भएकोले सरकारले नै नागरिक हरुमा असल संस्कारको गुण भर्नु पर्ने जिम्मेवारी प्रतिको दायित्व बोध महसुस गर्नु पर्दछ ।
नेपालकै भूमि र आकाश प्रयोग गरि उग्रबादी इस्लामिक समुहहरुले काठमाण्डौँबाट इन्डियन एयरलाइन्सको विमान अपहरण गरि अफ्गानस्तानको कांधारसम्म पुर्याएको थियो जसलाई मुक्त गराउन भारत सरकारलाई ठूलो सकस परेको थियो । भारत सरकारले विमान अपरहणकर्ताले राखेका सर्त बमोजिम भारतका विभिन्न जेलमा बन्दी बनाइ राखिएका चरमपन्थी इस्लामिक आतंकवादीहरुलाई कांधारमा लगेर उनिहरुलाई छोडेपछि मात्र सयौँ यात्रु सहितको इन्डियन एयरलाइन्सको विमान भारतले फिर्ता लान पाएको थियो । तसर्थ, यसता घटनाहरु पुनः नदोहोरियुन् भनेर नेपालका सुरक्षा निकायहरुले पुर्ण सतर्कता अपनाउनु जरुरी छ ।
सामाजिक सद्भाव बिगार्ने र दुइवटा जातीय र धार्मिक समुदाय बीच फाटो पैदा गराउने तत्वहरुमाथि सरकार र सामाजिक संस्थाहरुले समेत सचेतना फैलाउनु जरुरी छ । विश्व राजनीतिको परिवर्तित घटना क्रमले नेपालको सेक्युलरिज्मलाई आफ्नो आफ्नो धर्म प्रचारको माध्यमको रुपमा मात्र लिइएको पाइन्छ । नेपालको सेक्युलरिजम, नेपाल र नेपालीको भविष्य जोगाउन घाँटिमा अड्केको हाड नबनोस् भन्ने कुरामा सबै धर्म र संस्कृतिका असल विचारहरुले विचार पुर्याउनु जरुरी छ । हिन्दुहरुले सरण दिएर संरक्षण गरेको धर्म संस्कृति र विचारहरु आज सनातन हिन्दु धर्मावलम्बीहरुकै लागि प्रत्युत्पादक बन्दै गइरहेको छ । विश्वमा बढ्दै गइरहेको धार्मिका अतिवाद र घृणाको सिद्धान्तलाई मलजल गर्ने धर्म, विचार, संस्कृति र संगठनलाई कठोरतापुर्वक देशको भुगोल र पहिचान अनुसार पुनः परिभाषित गर्नु जरुरी छ । नेपालको सेक्युलरीज्म भित्र नेपालीपनको भावनाको विकास हुनु जरुरी छ अनि मात्र हामी पनि जोगिने छौँ र अरुलाई पनि जोगाउन समर्थ बन्ने छौँ ।