१६ साउन, दमक । भट्टराई कुलबंश प्रतिष्ठान दमक नगर समिति छोरी बुहारी सञ्जालले श्रावण १५ गतेको अवसर पारेर प्रतिष्ठानद्धारा सञ्चालित श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ मा खिर खुवाउने कार्यक्रम सञ्चालन गरेको छ । नेपाली परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्धेष्यले प्रत्येक बर्ष श्रावण १५ गते भट्टराई कुलबंश प्रतिष्ठानले खिर खुवाउने प्रचलनलाई यस बर्ष भने छोरीबुहारी सञ्जाल दमक नगर समितिले निरन्तरता दिएको सञ्जालकी नगर अध्यक्ष गंगा भट्टराईले बताईन ।
श्रावण १५ गते खिर खुवाउने दिनको अवसर पारेर गुरुकुल बिद्यापिठमा औपचारिक कार्यक्रम समेत सम्पन्न गरिएको छोरी बुहारी सञ्जालकी दमक नगर सचिव बिन्दू भट्टराईले बताईन ।
भट्टराई कुलबंश प्रतिष्ठान छोरी बुहारी सञ्जालकी नगर कोषाध्यक्ष बाला भट्टराईले स्वागत गरेर शुरु गरिएको उक्त कार्यक्रमको प्रमूख अतिथि भट्टराई कुलबंश प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गुरुकुल बिद्यापिठका समेत संस्थापक अध्यक्ष श्री शेरबहादुर भट्टराई रहनु भएको गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईले बताएका छन् ।
बिशिष्ठ अतिथि भट्टराई कुलबंश प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष कृतिका भट्टराईले छोरी बुहारी सञ्जालको निरन्तरको सकृयताको प्रशंसा गर्दै यसलाई यसरी नै निरन्तरता दिन आग्रह गरेकी थिईन भने गुरुकुल बिद्यापिठकी केन्द्रीय उपाध्यक्ष चन्द्रा खड्का भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिएकी थिईन । श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ का अध्यक्ष राजेन्द्र भट्टराईले अहिले बिभिन्न ब्यक्तिहरुको जन्मोत्सव र खुसीयाली आदानप्रदान गर्न गुरुकुलमा आउने क्रम बढेको भन्दै यसले गुरुकुलको प्रचारप्रसार र संरक्षणमा थप मद्धत र हौसला पुगिरहेको बताएका थिए ।
भट्टराई कुलबंश प्रतिष्ठानले सनातन हिन्दू धर्म संस्कार र परम्पराहरुलाई आप्mनो स्थापना कालदेखि नै संरक्षण र सम्बद्धनमा सकृय रहदै आईरहेको बताउदै भट्टराई कुलबंश प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठ दमक ४ का समेत संस्थापक अध्यक्ष रहेका श्री शेरबहादुर भट्टराईले गुरुकुलको स्थापना गर्नुको औचित्य औल्याउदै देशको बर्तमान अवस्थाको अध्ययन गर्दा देशमा यहि अवस्था रहिरहे अबका केहि बर्षपछि गहुत खुवाउने मान्छेको समेत अभाव हुने देखेर हामीले गुरुकुल सञ्चालमा ल्याएको बताउनु भएको थियो ।
कार्यक्रममा भट्टराई कुलबंश प्रतिष्ठानका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, प्रदेश लेखा समितिका पदाधिकारीहरु, नगर समितिका अध्यक्ष तथा पूर्व पदाधिकारीहरु छोरी बुहारी सञ्जाल दमक नगर समितिका पदाधिकारी तथा सदस्यहरु लगायत गुरुकुलमा अध्ययन गरिरहेका बटुकहरु, प्राचार्य लगायतको उपस्थिति रहेको थियो ।
श्वस्ति बाचन गरेर शुभारम्भ गरिएको उक्त कार्यक्रम छोरी बुहारी सञ्जालकी दमक नगर सचिव बिन्दू भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा खिर खुवाउन लाग्ने सम्पूर्ण खर्च छोरी बुहारी सञ्जालकी दमक नगर समिति अध्यक्ष गंगा भट्टराईले ब्यवस्था गरेको जनाईएको छ ।